सुन बारे हामीलाई थाहा नभएका यी रोचक तथ्य

सुन एक बहुमूल्य धातु भएकाले यसको महत्व संसारभरि नै छ । नेपालमा पनि सुनका गहना लगाउने प्रचलन धेरै भएकाले सुनलाई विशेष महत्व दिइन्छ । सुनलाई नचिन्ने नजान्ने कोही छैन् । तर सुनसँग सम्बन्धित केही रोचक तथ्यहरु छन् । जसबारे हामी धेरै जानकार नहुन सक्छौं ।

हेर्नोस् सुनबारे केही रोचक जानकारी जुन हामीलाई थाहा नहुन सक्छ ।  

समुद्रमा यतिधेरै सुन छकी समुद्रको सबै सुन निकाल्ने हो भने पृथ्वीका प्रत्येक व्यक्तिलाई चार किलोका दरले भाग लfacts-about-gold5 गोल्ड से जुड़े यह तथ्य आप नहीं जानते होंगेगाउँन पुग्छ ।

 

पृथ्वीको सबैभन्दा भित्री भागमा धेरै सुन छ । पृथ्वीको आकार निर्माण भइरहँदा सुन पृथ्वीको भित्र भासिदै गएको वैज्ञानिकहरु बताउँछन् ।

 

सुन्दैमा आश्चर्य लाग्ने कुरा के भने कुनै समय सुन नभइ एल्मुनियम सबैभन्दा बहुमूल्य धातु थियो । सम्पन्न व्यक्तिहरु एल्मुनियमको भाँडा वर्तन प्रयोग गर्थे भने गरीबहरु सुनको भाडाँकुडा प्रयोग गर्थे ।

 

युएईको दुवै शहरमा यस्तो एटीएम छ, जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ ।

 

संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन् । सबै भारतीय महिलाको सुन मिलाउँदा त्यो विश्वमा भएको सुनको ११ प्रतिशत हुन्छ ।

ओलम्पिकको स्वर्ण पदकमा जम्मा एक प्रतिशत सुन मिसाइएको हुन्छ ।

 

मान्छेको शरीरमा दुई मिलीग्राम सुन हुन्छ । धेरै जसो सुनको मात्रा रगतमा हुन्छ ।