हाम्रो संरचना सोमवार, मंसिर ३०, २०७६ 691 Views

नेपालबाट भारत जान हिडेका दुई तपस्वीले नेपालगञ्जको बागेश्वरी मन्दिर निर्माण गरेका हुन ।  तपस्याका लागी उत्तरबाट दक्षिण तर्फ जान हिडेका जोगी भेषका ति दुई तपस्वी गुरु–चेला मिलेर जंगलको बीच भागमा रहेको तलाउको माटो ल्याएर बागेश्वरी मन्दिर स्थापना गरेको तथ्यगत जनश्रृती छ ।


२ हजार बर्ष पहिले बागेश्री मन्दिर भएको ठाउं घनघोर जंगलले भरीएको थियो । जंगलको बीचमा एउटा तलाउ थियो । नेपाल–भारत तिर्थ यात्रा गर्ने तिर्थ यात्रीहरु र तपस्वीहरु यहि तलाउको छेउमै भएर हिडने बाटो भएर आवत–जावत गर्दथे ।

यसै क्रममा करीब २ हजार बर्ष पहिले नेपालबाट भारत तर्फ तपस्याका लागी हिडेका २ तपस्वीहरु यहि ठाउंमा सांझ बास बस्न आइपुगेका थिए ।

हालको बागेश्री मन्दिर भएको स्थान देखी पूर्व तलाउको पूर्व पिपलको बोट मुनि सुतरिहेका बेला तपस्या गर्न भारत तर्फ जान लागेका गुरु तपस्वीलाई सपना जस्तो मां जगदम्वा देबीको दर्शन दिएको र देबीले आफु सुतेको ठाउं नजिकै आफनो बास स्थान भएको बताइन । गुरु सपनाबाट ब्यूझे झै गरेर चेलालाइ आफुलाइ देबीको दर्शन पाएको घटना बताए ।
दुवै जनाले देबीले भने झै बास स्थान खोज्न थाले । सांझ सुर्यास्त हूदा ८ फिट गहिरो खाल्डो भेटे र मां दबीको बास स्थान भएको निक्यौल गरी देबीको मन्दिर निर्माण तयारी गर्न थाले ।

तलाउको माटो ल्याउदै मन्दिर निर्माण लगातार ६ दिन सम्म पनि गरीरहे तर ६ दिन नै दिउसो निर्माण गरेको मन्दिरको गारो राती सबै भत्किएको हुने । यसरी निर्माणमा समस्या परे पछी गुरुले देबीलाइ पुकारी कसरी गर्ने भनी सोची रहेको बेला ७ औं दिनको बिहानी अधेरीको समयमा सपनामा नै देबीले दर्शन दिई मन्दिर निर्माणको लागी बली चढाउनु पर्ने , नत्र न बन्ने बताएकाले मन्दिर निर्माणको क्रममा अरु बली जंगलमा असम्भव थियो । गुरुले मन्दिर निर्माणका लगी देबीको इच्छा बमोजिम हालको मन्दिरको तलाउ पूर्व पिपलको बोट नजिकै समाधी लिएको जनश्रृती छ ।

गुरुको समाधीका लागी चेलाले गुरुको इच्छा बमोजिम माटोले पुरेर समाधी तर्पण गरे पछी मन्दिर निर्माण भएको थियो । उक्त ठाउंमा मन्दिर स्थापना पछी तपस्या गर्न हिडेका चेलाले देबी मां को पुजा–अर्चना गदै आएका छन । ति पुजारीका २४ औं पुस्ता हालका पुजारी हरिहरनाथ र चन्द्रनाथ योगी भएको दावी सहित बागेश्वरी मन्दिरको पुजा– आजा गदै आएका छन ।

मां बागेश्रीको महिमा र भक्तजनहरु प्रतीको कृपाको नेपाल र भारत मा निकै चर्चा हुन थाल्यो । मन्दिरमा देबीको दर्शनको लागी ठुलो मेला लाग्न थाल्यो । मन्दिर वरीपरी स–साना बांस बस्ने ठाउंहरु बन्न थाले । त्यही देबीको दर्शन गर्न आएका भक्तजनहरु मध्य केहीले स–सानो ब्यापार गर्ने र बस्ने थलोको रुपमा बिकास हुदै जादा ततकालीन घनघोर जंगल बस्तीको रुपमा विकास हुदै आजको आधुनिक नेपालगञ्ज शहर बन्न पुगेको हो ।

बि.स. १३२३ अर्थात सन १२६७ भाद्र ५ गते भारत बलरामपुरका ततकालीन महाराज दिर्घ बिजय सिहले देबीको दर्शन पछी मन्दिरको महिमा अपार र भक्तजनहरुको बस्ने र खाने समस्या भएकाले ततकालीन मन्दिरको नयां स्वरुप निर्माण गरी आफनो राज्यमा पर्ने मन्दिर क्षेत्रको २ सय २५ बिघा जग्गा रहेको कर्मोना मौजा मन्दिरको नाउमा दिएको लिखीत दस्तावेजहरुमा पाइन्छ ।

इतिहासिक दस्तावेजको आधारमा बागेश्वरी मन्दिर संयौ बर्ष पुरानो इतिहासीक र पुरातात्विक महत्व बोकेको पाइन्छ । बागेश्री मन्दिरको जीर्णोद्धार र निर्माण समय अनुसार निर्माण,पुन–निर्माण गरी मन्दिर पगौडा शैलीमा उत्कृष्ट कलाकृतीका साथ पशुपतिनाथ मन्दिरको शैैलिमा निर्माण गरिएको छ ।

बागेश्री मन्दिर तथा सो को पसिरमा रहेका अन्य मठ, मन्दिर, ताल र पार्क समेत ऐतिहासीक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्रर्यटकिय दृष्टिकोणले समेत महत्वपूर्ण क्षेत्र हुन । तर पनि यो बागेश्वरी मन्दिर संयुक्त राष्टसंघको एउठा बिशिष्टकृत एजेन्सीको रुपमा रहेको शैक्षिक र सामाजिक तथा सांस्कृतिक संगठन ( युनेष्को )को सुचिकृत गर्नुपर्ने स्थलमा पारीएको छैन यसलाई सम्वन्धीत क्षेत्रका ध्यान पुग्न जरुरी छ । अर्को तिर नेपाल सरकारले पनि स्मारक संरक्षण ऐन २०१३ को दफा २(क) यस्तो पुरातात्विक महत्वको क्षेत्रलाई संरक्षण गर्नु राज्यको दायित्व उल्लेख छ । तर पनि ध्यान पुगेको छैन ।

बागेश्री मन्दिरको अध्ययन–भ्रमण तथा देबीको दर्शनका लागी नेपाल लगायत भारतका बिभिन्न क्षेत्रबाट नेपालगञ्ज आउने र देबीको दर्शण पछी भक्तजनको आ–आफनो मनोकामना पुरा हुदै जानाले मन्दिरको महिमा बढन गएको हो । बिशेष गरी भारतको अयोध्या क्षेत्रमा रहेको पाटनदेबीको दर्शन पछी बागेश्वरी माताको दर्शन नगरे भक्तजनहरको दर्शन अधुरै रहने जनश्रृति अनुसार पनि नेपालगञ्जमा धार्मिक महत्व बढेको पाइन्छ ।

त्यैगरी बागेश्वरी दर्शन पछी यहांबाट प्यूठानको स्वर्गद्धारी जिवनमा एक पटक दर्शन नगरे स्वर्ग नगइने हिन्दु धार्मिक मान्यताका कारण पनि नेपालजञ्ज बिशेश गरी भारतबाट आउने तिर्थयात्रीहरुको लागी एउटा महत्वपूर्ण संगम स्थलको रुपमा रहेको छ ।
भारतबाट बागेश्वरीको दर्शन गर्न आउदा भक्तजनहरुले गास,बास कपास का साथै यातायातमा ठुलो धनराशी खर्चेर जान्छन । त्यसका साथै मन्दिरको दर्शनको क्रममा धार्मिक मान्यता अनुसार देबीको दर्शनको क्रममा भक्तजनहरुले इच्छा अनुसार देबी मां को चरणमा बहुमुल्य धातु सुन–चांदीका गर–गहना, मुर्ति चढाउने गरिएको छ ।

यसरी एकातिर मन्दिर दर्शनको क्रममा भक्तजनबाट मन्दिर भित्र देबी मां को चरणमा दर्शनभेटीको रुपमा अर्कोतिर मन्दिर पसिरमा हुने बिभिन्न धार्मिक कार्य बाट ठुलो मात्राको धनराशी आम्दानी हुने गरेको छ । जस्तो प्रतिब्यक्ती बिवाह रु ५सय ५५, बोका बली दस्तुर, देबी मां को खुला दर्शन रु २ सय ५१ एवम बिभिन्न शिर्षकमा आम्दानी बाधी ब्यवस्थित गर्ने प्रयास हालैका दिनमा सुरुपात गरिएको छ ।

त्यसैगरी यस लेखकले मन्दिरको चल–अचल सम्पतीको खोजमुल लेख प्रकाशित गर्दा कुनै लेखा–जोखा भएको पारशदर्शिताक थिएन । मन्दिरको वरीपरी सटरहरु मंहगो दरमा भाडा भएपनि आम्दानी खर्चको बिगतमा कुनै संस्थागत पारदर्शिता थिएन । हालैका दिन केही सुधारको संकेतको रुपमा सटरहरुको भाडा दर कायम गरी लेखा राख्नु, आम्दानीका शिर्षक लेखी आय रसिद काटनु राम्रा संकेत हुन ।

यस भन्दा अगाढी भक्तजनहरुले मन्दिरमा चढाएको धातुहरुमा बि.स. २०२९ साल मंसिर ८ गते आइतबार नेपालगञ्जका भुवनेश्वर खनालद्धारा हस्ताक्षरत गरेको पत्रमा सिहको मुर्ति बनेको चांदि ८३ तोलाको २ थान । खम्बा बनाएको चांदि १२० तोलाको २ थान । भैरव गरुड बनेको चांदी १६५ तोला को २ थान । करुवा चांदिको ४७ तोला । बत्ती बाल्ने पानस ४८ तोला । बत्ती बाल्ने आरती चांदी १३ तोलाको । बाघको मुर्ति बनेको चांदिको ३३ तोलाको २ थान । खम्बाको टुक्रा चांदी २८ तोला । मां भगवतीको मुर्ति चांदी ९५ तोलाको त्यसैगरी अन्य बिभिन्न मुर्ति तथा बस्तु बनेको चांदी र सुनका गहना समेत रहेको मालपोत कार्यालय बांकेको श्रेस्तामा पाइन्छ तर ति चिज कहां छन ? आन्तरीक रुपमा मन्दिरमा ठुलो धनराशी भक्तजनले भेटीको रुपमा चढाउने तर लेखा ब्यवीस्थत नभएको पाइन्छ ।

अर्कोतिर मन्दिरको अचल सम्पती पनि रहेको छ । मालपोत कार्यालय बांकेमा रहेको रहेको रेकड अनुसार ३ नम्बर गोश्वाराले ५ नम्बर गोश्वारालाई लिखीत जानकारी गराएको पत्र अनुसार ९९ बिघा ५ कटठा १४ धुर रहेको उल्लेख छ । त्यपछी पनि बिभिन्न ब्यक्तिले मन्दिरको नाममा जग्गा दान गरेको रेकड मालपोतमा छ ।

यती धेरै सम्पती भएको एउटा इतिहासीक मन्दिर न स्थानिय समाजसेबी न सरकार न युनेकष्को कसैको पनि ध्यान पुग्न सकेको छैन । बागेश्वरी मन्दिरको धार्मिक दृष्टिले महत्वपूर्ण धार्मिक पर्यटनको संगम स्थलको रुपमा साच्चिकै बिकास गर्ने हो भने नेपालगञ्जको मुख्य आम्दानीको रुपमा बिकास गर्न सकिन्छ । नेपालगञ्ज भन्सार पछी दोस्रो आम्दानी स्रोतको रुपमा बागेश्वरी मन्दिरलाई बनाउन सकिन्छ । यसको प्रचुर सम्भावना रहेको छ । बिजया दशमिको उपलक्ष्यमा सबैलाइै चेतना मां बागेश्वरी जगाउन । पाठकलाई बिजया दशमीको हार्दिक शुभ कामना ।