१७ सय २७ केजी तस्करीको माछा सहित तस्कर पक्राउ

भारतको रुपैडियाबाट  नेपालगञ्ज तर्फ न्यून संख्यामा तौल तथा मुल्याकन देखाई राजश्व छल्ने ब्यापारीको संख्या नेपालगञ्जमा कम छैन । आइतबार सोही किसीमको राजश्व छल्ीमा माछा ब्यापारी पक्राउ परेका छन ।


जिल्ला प्रहरी कार्यालय बांकेको फेसबुकमा पोष्ट गरीको जानकारी अनुसार अञ्चल र जिल्ला प्रहरी कार्यालय मिलेर उक्त माछा पक्राउ गरेको जनाएको छ । माछाको तौल १७ सय २७ केजी भएकोमा ११०० केजीको मात्र भन्सार शुल्क देखाई तस्करी भएकोले पक्राउ गरी भन्सारमा कार्बाहीका लागी बुझाएको जनाएको छ ।
भन्सारले माछा तस्करीलाई रोक्नु भन्दा घुस खाएर प्रोत्साहन गरीरुहेको अन्य नेपाली माछा कृर्षकहरुले बताउदै आएका छन । माछा कस्को हो र कस्ले ल्याएको हो ?  केही खुलाईको छैन ।