१० दिनमै  एकहजार नेपालीले साउदी अध्यागमन आममाफी समय लिए

साउदी अरवले गैरकानुनी हैसियतमा वसेका कामदारलाई स्वदेश फिर्न दिएको तीन महिने आममाफीको १० औ दिनसम्म आइपुग्दा एक हजार भन्दा बढी नेपालीले स्वदेश फिर्नको लागि जवाजत (अध्यागमन) कार्यालयबाट समय लिएका छन् ।

जवाफतले स्वदेश फिर्नका लागि ‘एक्जिट भिसा’ दिने हुदाँ त्यस्ता कामदारले अनलाइनमार्फत फाराम भरेर समय लिनुपर्छ । ‘दूताबासले दैनिक एक सयजनाको लागि समय लिने काम भइरहेको छ,’ कार्यबाहक राजदुत आनन्दराज शर्माले कान्तिपुरलाई भने,‘कतिपय मुद्धाहरु भएका कामदार पनि आउने गरेको छ ।’

साउदी अरवस्थित नेपाली दूतावास र महाबाणिज्य दूतले अवैध रुपमा वस्दै आएका गैरकागजात बिहिन कामदारलाई  बढीभन्दा बढी सहभागी गराउन स्थलगत रुपमा गएर आबश्यक सहयोग गर्न थालेको छ ।
राजधानी रियादस्थित नेपाली दूतावास र जेद्दास्थित महाबाणिज्य दुतले नेपालीको माग अनुसार उनीहरुलाई पायक पर्ने स्थानमा अनलाइन फर्म भर्ने र ट्राभल डकुमेन्ट वितरण गर्न थालेको हो ।

‘आममाफी लागु भए यता झन्डै एक हजार जनाको लागि साउदीका जवाजत कार्यालयबाट समय लिइसकेका छौं । रियादमा सय जना र दमामस्थित सम्र्पक कार्यालयबाट ५० जनाले अनलाइन फाराम भर्दिरहेका छौं,’ कार्यबाहक राजदुत आनन्दराज शर्माले कान्तिपुरलाई भने,‘जवाफतले दिनमा निश्चित सख्याका कामदारलाई भेट्नको लागि समय दिइरहेको छ । उनीहरुले तुरुन्तै समय पाएको छैन ।’
जवाफतले बोलाएपछि मात्रै स्वदेश फिर्नको लागि प्रक्रिया शुरु हुन्छ । जवाफतमा पुगेपछि कामदारको फिंगरीङ गरी स्वदेश फिर्नको लागि ‘एक्जिट भिसा’ पाउने दूताबासले जनाएको छ ।

राजदूत शर्माका अनुसार आममाफीमा सहभागी हुनेलाई सहजीकरण गर्नका लागि स्थानीय नेपाली संघसंस्थाबाट स्वयसेवी परिचालन गरिएको छ । ‘दमामको सिको गार्डेनमा स्थानीय सम्र्पक कार्यलय खोलेर दैनिक रुपमा काम भइरहेको छ,’ उनले भने,‘गत शुक्रबार जुवेल, हासा र कतिफमा पुगेरै काम गर्‍यौ । आउने शुक्रबार अलकसिम, हाफरल बातेन, हायल, अलजोफा जाने तयारीमा छौं ।’

जेद्दास्थित महाबाणिज्य दूत ट्राभल डकुमेन्ट वितरण गर्न मंगलबार जिजान पुगेका छन् । जेद्दाबाट ७ सय किलोमिटर टाढा रहेको जिजान यमनको बोर्डरमा पर्छ । जिजानमा धेरै नेपाली कामदार रहेका छन् ।
साउदीको स्थानीय प्रशासनले जेद्दाको जवाजात कार्यलयले हुरुप लागेका (रोजगारदाताले कामदारले भागेका भनी दर्ता गरेका)हरुको मात्रै निवदेन लिएको छ । ‘हुरुप लागेकाले मात्रै निवदेन बुझेकोले परिचय पत्र नभएका र म्याद सकेकाहरु रोकिएका छन्,’ श्रम सहचारी भोजराज घिमिरले भने ।

रियाद र दमाम क्षेत्रको प्रशासनले भने सबै खालका अवैधानिक कामदारका निवेदनहरु बुझेका छन् । ‘परिचय पत्र नवनेका र म्याद सकेका कामदारलाई समुह समुह बनाएर जवाफत लगेर स्वदेश पठाउने काम भएको छ,’ शर्माले भने,‘कम्पनीमा समस्यामा परेर बसेकाहरु पनि स्वदेश फिर्न पाएका छन् ।’ कान्तिपुरbat