ततकालीन बिद्रोही रहेका सञ्चारमन्त्रीबाट नेपाल टेलीभिजनको कोहलपुर प्रसारण केन्द्र पुनः सुरु

नेपाल टेलिभिजनको कोहलपुर स्थित क्षेत्रीय प्रसारण केन्द्र शुक्रबारबाट पुनः सुरु भएको छ । नयाँ वर्ष २०७४को अवसर पारेर सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले प्रसारणको शुभारम्भ गर्नुभएको छ ।


२०५३ सालमा स्थापना भएको कोहलपुर टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्रमा नेकपा माओवादीले २०६१ फागुन १३ मा आक्रमण गरेका थिए । आकमणको क्रममा प्रसारण केन्द्रमा रकेका समानहरुको तोडफोड, आगजनी र केही समान लिएर जादा प्रसारण बन्द गरिएको थियो ।
प्रसारण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोकाले धेरै समयको मेहनतबाट कोहलपुर क्षेत्रीय प्रसारण शुभारम्भ भएको भन्दै केन्द्रीय प्रसारणका खास-खास कार्यक्रम प्रसारण गरे पनि यसलाई स्वायत्त संरचनाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । केही क्षणमा नै ध्वस्त पारिएको उक्त कोहलपुर टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र अन्तत लामो समयपछी पुनः ततकालीन बिद्रोही रहेकै माओबादीको प्रचण्ड सरकारले लामो प्रयास पछी पुनः सुरु गरेको हो ।