दोस्रो चरणको निर्वाचन जेष्ठ ३१ मै हुन्छ -आयोग

 दोस्रो चरणको निर्वाचन मिती पर सार्न सकिदैन-आयोग

काठमाडौं /  निर्वाचन आयोगले पूर्वनिर्धारित जेठ ३१ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचन पर सार्न नसकिने जनाएको छ ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागी सम्पर्ण तयारी भइसकेकाले अब दोस्रो चरणमा गर्ने ४ सय ६१ तहमा चुनाव गर्ने स्पष्ट गरेको छ ।
पदबाट राजीनामा दिनुअघि आयोगका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको निर्वाचन पर सार्नेबारे धारणा लिनुभएको थियो ।
उक्त छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको समेत उपस्थितिमा भएको छलफलमा दाहालले मधेसकेन्द्रित दललाई देखाएर चुनाव पर सार्न आग्रह गर्नुभएको थियो । ‘हामीले त ३१ गतेका लागि सबै तयारी गरिसक्यौं, निर्वाचन पर सार्ने कुरा सोच्न सक्दैनौं छलफलमा सहभागी एक आयुक्तले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले ‘तराई-मधेसका दललगायत सबै पक्ष चुनावमा आउँदै छन्, के गर्न सकिएलाु भन्दै चुनाव सार्न आग्रह गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्रीज्यूबाट निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भएको हुँदा स्थानीय तहको दोस्रो चरण निर्वाचनका उपाय र विकल्पबारे सुझाव दिन आयोगसँग आग्रह गर्नुभएको थियोु, आयोग प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रमुख आयुक्तज्यूले दोस्रो चरण निर्वाचनको तिथिमितिको उपाय र सम्भावनाको विकल्प नखोजी ०७४ जेठ ३१ गते निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको जानकारी गराउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि एकै चरणको तयारी भइरहेका बेला सरकारकै आग्रहमा दुई चरणमा निर्वाचन गर्न आयोग तयार भएको हो । अब दोस्रो चरणको तयारीमा आयोग लागेको जानकारी प्रधानमन्त्रीलाई आयोगले गराएको थियो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जेठ ३१ गते सम्पन्न हुने प्रदेश नं। १, २, ५ र ७ का ४६१ स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सामग्री जिल्लामा पुर्या्इसकिएको छ । जेठ ६ गतेदेखि सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोली कार्य सञ्चालन भइरहेको छ ।

निर्वाचन अधिकृतहरूलाई जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकिएको छ ।जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता हुने गरी निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशन गरिसकेको अवस्थामामा अब तिथिमितिबारे सुझाव नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । तर, सरकारले केही दिनअघि मात्र थप गरेका तराई मधेसका जिल्लाका २२ तहको निर्वाचन भने जेठ ३१ गते गर्न नसकिने आयोगले स्पष्ट गरेको छ ।

‘उक्त भेटघाटमा स्थानीय तहको निर्वाचन एकै चरणमा सञ्चालन गर्ने गरी ०७४ वैशाख ३१ गतेको मिति तोकेअनुसार आयोगले ७४४ स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न तयारी पूरा गरेको अवस्थामा राजनीतिक सहमतिको वातावरण तयार गर्ने उद्देश्यसाथ नेपाल सरकारबाट पहिलो चरणमा प्रदेश नं। ३, ४ र ६ को निर्वाचन मिति ०७४ वैशाख ३१ गते गर्ने र प्रदेश नं। १, २, ५ र ७ को निर्वाचन दोस्रो चरणमा ०७४ जेठ ३१ गते गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार अनुरोध भइआएको, सो अनुरोध आयोगले स्वीकार गरी पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको र दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गर्न सम्पूर्ण तयारी गरिसकेको कुरा स्मरण गराइएको थियो,ु आयोग प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।