गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

१३ जेठ, काठमाडौं /गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।

नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक पी राई र सहचालक घाइते भएका छन् । उनीहरुको उद्दार भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।