बर्तमान कांग्रेस–माओबादी सरकार मुस्लिम बिरोधी ! सरकारले मधेशी दलको सहमती बिना नै निर्वाचन मिती मनपरी सारेको राजपाको भनाई

नेपालगञ्ज/नेपाल सरकारले मधेशबादी राजनितीक दल राष्ट्रिय जनता पार्टी नेपाललाई असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने उदेश्यले  निर्वाचन मिती मनपरी तरीकाले सार्ने क्रम जारी नै राखेको छ ।

सोमबार भएको मन्त्रीपरिषद्को बैठकले जेष्ठ ३१ को निर्णय असार ९ मा सार्ने निर्णय गरेको हो ।  नेपाल सरकारले मधेशबादी राजनितीक दल राष्ट्रिय जनता पार्टी नेपाललाई असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने उदेश्यले  निर्वाचन मिती मनपरी तरीकाले सार्ने क्रम जारी नै राखेको छ, राजपाले भने निर्वाचनमा सहभागी हुने वा नहुने सरकारले कुनै कुरा नगरेको बताउदै आएको छ ।

सरकारले निर्वाचनको मिती सार्दा मुस्लिम समुदायको पवित्र रमजान पर्वको कुनै वास्ता गरेको छैन । मुस्लिम समुदायले निर्वाचन रमजान पर्व पछि राख्न माग गर्दै आएपनि बर्तमान सरकार मुस्लिम बिरोधीको रुपमा उभिएर सरकारले त्यसलाई वेवास्ता गरेको छ । मुस्लिम समुदायले निर्वाचन सार्दा समेत रमजान पर्वलाई विचार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

दोस्रो चरणमा प्रदेश नं. १,पूर्वाञ्चलको पहाडी जिल्लाहरु, प्रदेश नं.२ पूर्वाञ्चलका तराई जिल्ला, प्रदेश नं.५ पश्चिम र मध्यपश्चिमाञ्चल क्षेत्रका तराईका जिल्ला र ७ प्रदेशमा सुदुरपश्चिमाञ्ल क्षेत्रका सबै ९ जिल्लामा रहेका स्थानिय निकायका ४६१स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुनेछ ।