बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान दुर्घटना,महासेनानी कैलाश गुरुङको निधन

१६ जेष्ठ/  सुदुरपश्चिमाञ्चल क्षेत्रको बिकट पहाडी जिल्ला बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान (स्काइ ट्रक)  दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । उक्त  दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मध्यपश्चिमाञ्चलको बीरेन्द्रनगर, सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।
तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको बाजुराको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।

विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना विमानमा थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् ।
दुर्घटनामा घाईते भएका पूर्णबहादुर खड्का र अनिता आलेलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज नजिकै कोहलपुर स्थित मेडिकल कलेजमा प्रारम्भीक उपचार पछि काठमाण्डौ लगीने नेपाली सेनाले जनाइको छ । सेनाका अनुसार घाईतेहरूलाई लिन सेनाको हेलिकप्टर काठमाण्डौबाट नेपालगन्ज तर्फ उडीसकेको छ ।