धेरै कच–कच गरी भनेर श्रीमतीको घांटी रेटी हत्या, टाउंको सहित कोहलपुर प्रहरी कार्यालयमा अभियुक्त द्धारा आत्मसमर्पण

२७ असार, नेपालगञ्ज / श्रीमतीले धेरै कचकच गरेकाले झारफुक गर्न जाम् भनेर घरबाट केही पर टाढा लगी बांकेको कोहलपुर नगरपालीका वडा नम्वर-४ बेलनपुरका अहमद अफताल बेरुवाले आफनी २६ वर्षीया श्रीमती फुलटन बेरुवाको सोमबार साझ धारिलो हतियारले घांटी रेटी हत्या गरेका छन् ।


झारफुक गर्न जाम् भनेर ६–७ महिनाको दूधे बालक काखमा च्यापेर अहमद अफताल बेरुवा र श्रीमती फुलटन बेरुवा सोमबार सांझ पख घरबाट साइकल चढेर केही पर कोहलपुर नगरपालीका वडा नम्वर, १५ अकलगेरुवा नजिकै पुगेपछि श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरेको र टाउकोलाई साइकलमा राखेर इलाका प्रहरी कार्यालय कोहलपुरमा अभियुक्त हत्या गरेको प्रमाण सहित श्रीमान अहमद अफताल प्रहरी कार्यालयमा आफै उपस्थित भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख नायब उपरीक्षक सुरेश कुमार काफ्लेले जानकारी दिनुभएको छ ।

उक्त घटनापछी प्रहरी घटनास्थलमा पुग्दा आमाको शरिर नजिकै दूधे बच्चा हिलोमा छटपटाउँदै रोइरहेको अवस्थामा भेटिएको र हत्यापछि श्रीमतीको टाउकोसहित उनी इलाका प्रहरी कार्यालय कोहलपुरमा सोमबार सांझ नै हत्या गरीएको टाउको सहित श्रीमान अहमद अफताल आत्मसमर्पण गर्न आएको प्रहरीले बताएको छ ।
प्रहरी अहमदलाई समेत लिएर घटनास्थल प्रस्थान गरेको थियो । कोहलपुर १५ स्थित घटनास्थल पुग्दा फुलटन देबीको शव रगतको आहालमा थियो भने त्यसको नजिकै ६–७ महिनाकी उनकी छोरी हिलोमा छटपटाइरहेको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाम् भनेर जेठी श्रीमतीको हत्या गरेको उनले प्रहरी समक्ष बताएका छन् । प्रहरीले अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।