नेपालगञ्जमा यहि श्रावण ४ रु ५ गते सिद्धार्थ कटेजको हलमा निःशुल्क शैक्षिक मेला तथा परामर्श हुने सहभागी भएर लाभ लिन आयोजकको अनुरोध

१ श्रावन, नेपालगञ्ज / विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउण्टेन टेलिभिजन र भक्तीदर्शनको सह आयोजनामा यहि साउन ४ र ५ गते नेपालगञ्जमा शैक्षिक मेला आयोजना हुने भएको छ ।

नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति बहस कार्यक्रम आयोजना गर्न लागिएको नेपाल एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर साहुले जानकारी दिनुभएको छ ।

विद्यार्थीहरु राजधानी केन्द्रित हुँदा मोफसलमा भएको शैक्षिक लगानीले उचित प्रतिफल दिन नसकेको अवस्थालाई दुृष्टिगत गर्दै काठमाडौं बाहिरका कलेज एवम् शिक्षण संस्थाबारे जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पद्मा मिडिया ग्रुपका मध्यपश्चिम क्षेत्रीय प्रमुख क्षेत्रनाथ देबकोटाले बताउनु भएको छ । मेलामा सहभागीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएकोे  देवकोटाले जानकारी दिनुभएको छ ।

‘मेलामा विशुद्ध शैक्षिक परामर्श दिईनुका साथै भर्ना हुन चाहने कलेजहरुमा मेलास्थलबाटै भर्ना समेत गरिने व्यवस्था गरिएको छ। ‘मेलामा विभिन्न विश्वविद्यालय एवम् कलेजका ५० भन्दा बढी स्टलहरु रहनेछन् ।’ मेलामा दश हजारभन्दा बढी विद्यार्थीहरु सहभागि हुने आयोजकहरुले गरेका छन ।
मेलामा उच्चस्तरीय शिक्षा नीति सम्बन्धी बहस कार्यक्रम पनि गरिने भएको छ । जसमा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागका प्रतिनिधि, विज्ञ, शिक्षाविद्, एवम् शिक्षा क्षेत्रका नीति निर्माताहरुको सहभागिता रहने छ । बहस माउन्टेन टेलिभिजन र विजनश प्लस टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने