सरुवा भई जान लागेका प्रहरी प्रमुख राईको बांकेबासीको तथ्य सार्वजनिक,

“बर्षेनी समाजिक अपराधमा बृद्धिले समाज नैतिक पतन उन्मुख छ यसलाई सबै मिलेर सुर्धानुस”

  • समिर श्रेष्ठ
  • १८ श्रावन, नेपालगञ्ज/

जिल्ला प्रहरी कार्यालय बांकेबाट सरुवा भइ पुरानै कार्यक्षेत्र बिशेष अनुसन्धान क्षेत्रमा नै जान लाग्नुभएका बांकेका प्रहरी प्रमुख उपरीक्षक टेक प्रसाद राईका अनुसार बांके जिल्लाका बासिन्दामा बिगतमा भन्दा झन-झन बढी नैतिक रुपमा पतन हुदैगएको टिप्पणी गर्नुभएको छ ।

बिगत २ बर्ष यता जिल्ला प्रहरी कार्यालय बांकेमा दर्ता भएका बिभिन्न मुद्दाहरुको तथ्याड्हरुको बिश्लेषणको आधारमा समाजमा हत्या, बलात्कार, महिला हिंसा, चोरी, लागु औषधको प्रयोगमा बृद्धि हुनुभनेको समाज दिनप्रतिदिन नैतिकरुपमा पतन हुदै गएको देखिन्छ  एसपी राईले भन्नु भयो  । राईले समाजलाई सम्बृद्ध बनाउन केवल राज्य संयन्त्र मात्र भएर पुग्दैन अब आम नागरिकको सकारात्मक भूमिका जरुरी छ र त्यस किसीमका निती निर्माण तथा कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।’

जिल्ला प्रहरी बाँकेमा आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो वर्षमा ७ सय ५५ वटा बिभिन्न किसमिका मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकोमा यस बर्ष ८ सय ५५ वटा मुद्दा दर्ता भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ सयले बढी हो ।

अघिल्लो वर्षको तुलनामा गतवर्ष लागु औषध र बलात्कारका घटना कहाली लाग्दो तरिकाले बृद्धि भएको छ । यस्ता घटनाले समाज नैतिक पतनको बाटोमा हिडिरहेको छ । यस्तो समाजलाई पुर्न सहि बाटोमा हिडाउनलाई मिडिया, नागरिक समाज तथा राजनितीक क्षेत्र र राज्यका सबै अग मिलेर काम गर्नुपर्ने अवस्था रहेको एसपी राईले बिचार ब्यक्त गर्नुभयो ।

अपराधीक घटनाको संख्या हेर्ने हो भने अघिल्लो वर्ष ७८ वटा लागु औषधका मुद्दा दर्ता भएकोमा गतवर्ष भने यो सङ्ख्या बढेर १ सय ३७ पुगेको छ । त्यसैगरी अघिल्लो वर्ष २६ वटा बलात्कारका मुद्दा दर्ता भएकोमा गतवर्ष ३९ वटा मुद्दा दर्ता भएको छ । महिला हिंसाता झनै बढेर गएको छ ।
समाजमा नागरिकको मापनको रुपमा रहने बिभिन्न सामाजिक अपराधमा नकरात्मक रुपमा बृद्धि भएको भएपनि जिल्लाको शान्ति सुरक्षाको समग्र अवस्था भने सुदृढ देखिएको जानकारी दिनुभएको छ ।