जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख तामाङ हाजिर

२६, श्रावण, नेपालगञ्ज /
जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी उपरीक्षक टेक बहादुर तामाङ बुधबार जिल्ला प्रहरी कार्यालय बांकेमा आजिर हुनुभउको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाण्डौमा कार्यरत रहनुभएका प्रहरी उपरीक्षक टेक बहादुर तामाङ प्रहरी प्रधान कर्यालयको चलानी नम्बर २७६ को श्रावण १७ गते काटेको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरूवा गरिकोमा बुधबार हाजिर भएर कार्यभार लिनु भएको छ ।

बांकेबाट अपराध अनुसन्धान शाखामा सरुवा गरिनु भएका प्रहरी उपरिक्षक टेक बहादुर राईले बांकेमा सरुवा भई आउनु भएका उपरिक्षक टेक प्रशाद तमांगलाइ बिस्तृत रुपमा छलफल गरी प्रहरी प्रधान कार्यालय काठमाण्डौमा जिम्मेवारी हस्तान्तरण गनुभएको छ ।
प्रहरीको नेतृत्व तहमा पुगेका आउने र जाने दुबै प्रहरी उपरीक्षक जनजाती समूदायको भएकोले इमान्दार र देश र जनताको निम्ती केही गरौं भन्ने  एकहोरो खालका भएको सहपाठीहरले जानकारी दिएका छन ।

आउने–जाने दुबै एसपी लेखन क्षेत्र तथा साहित्य बाट प्रभाबित भएका र गितकारको रुपमा पनि चिनिनु हुने टेक प्रसाद तमांग पनि हाल सम्म कार्यरत क्षेत्रमा सकारात्मक छाप छोडन सफल ब्यक्ती भएको र सरुवा भई गएका एसपी जिज्ञासु भएकाले अपराध अनुसन्धान क्षेत्रमा काम गर्न रुचाउने र त्यस क्षेत्रको  बिज्ञ नै रहेको बताउदै नेपाल तथा अमेरीका बाट मिडिया सम्वन्धी उच्च ज्ञान हासिल गरेको सहपाठीले हाम्रो संरचनालाई जानकारी गराउनु भएको छ ।