१८ जिल्लाको सिडिओ सरुवा

श्रावण २६,नेपालगञ्ज/  गृह मन्त्रालयले १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबार गरेको सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय बाजुराबाट जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीमा देवेन्द्र लामिछाने आएका छन् ।

यसअघि बाँके सहायक प्रमुख जिल्ला अधिकारीमा जनकराज पन्त थिए । उनलाई जिल्ला प्रशासन कार्यालय,ओखलढुमा सारिएको छ ।   गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ ।

हेर्नुस् को कहाँ सरुवा भए ?