जनताको सुख-दुखमा साथी बनेर आफनो कर्तब्य निर्वाह गर्न बांके प्रहरी प्रमुखको मातहतलाइ निर्देशन

२७ श्रावण,नेपालगञ्ज/जिल्ला प्रहरी कार्यालय बांकेको पमुख पदमा सरुवा भइ आउनुभएका प्रहरी उपरीक्षक टेक बहादुर तामाङले शुक्रबार स्थानिय नागरीक समाज तथा पत्रकारहरुसंग परिचयात्मक अन्र्तक्र्रिया कार्यक्रम आयोजना सम्पन्न गर्नुभएको छ ।

प्रहरी मेरो साथी भन्ने नारा समेत पछील्लो पटक प्रहरी संगठनले अगाढी सारेको सन्धर्बमा बांके जिल्लाका प्रहरी प्रमुख तामाङले स्थानिय जनताको शान्ती सुरक्षा तथा अमनचैन कायम गर्न नागरीक समाजको सल्लाह,सुझाव र सहयोगको खांचो रहेको बताउदै बांके प्रहरीले जनताको सुख दुखमा साथी बनेर आफनो कर्तब्य निर्वाह गर्ने बताउनुभयो ।
उपरीक्षक तामाङले बिभिन्न जिल्लामा प्रहरी संगठनको कार्यअनुभवको आधारमा बांके जिल्लामा पनि जनतालाई उत्कृष्ठ प्रहरी सेवा दिन आफुले योजना बद्ध ढंगले लाग्ने र त्यसका लागी सबै पक्षको सहयोगको अपेक्षा रहेको बताउनु भयो । सोही कार्यक्रममा सञ्चारकर्मिहरुले बांके प्रहरीले सुचना प्रणाली सुृदृढ र पत्रकारमैत्री बनाउन दिएको सुझावमा सञ्चार प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायब उपरीक्षक सरोज पौडेलले सञ्चारकर्मिहरुको आवश्यक्ता र प्रहरी संगठनको मापदण्ड बामोजिम सुधार गदै जाने जानकारी बताउनु भयो ।
अन्र्तक्रिया कार्यक्रममा सामुदायिक सेवा क्षेत्रमा क्रियाशिल बिभिन्न ब्यक्तीहरु तथा नेपालगञ्जमा केही क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।