बार र बेन्चको सम्वन्ध सुमधुर हुनुपर्ने बिषयमा जोड

२७ श्रावण, नेपालगञ्ज/उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलाशका माननिय न्यायधिश बिष्णुदेब पौडेलले कानुनका बिद्यार्थीहरु सबै मिलेर न्याय क्षेत्रका कमि कमजारीलाई सुधार गदै कानुनी राज्यको मान्यता स्थापित गर्न बार र बेन्च मिलेर अगाढी बढनुपर्ने बिचार ब्यक्त गर्नुभएको छ ।

शुक्रबार उच्च अदालत बार एशोसियसन, नेपालगञ्जले कानुन ब्यवसाय परिषदको २४ औं परिषद दिवश मनाउने क्रमम बार हलमा आयोजित बिचार ब्यक्त गर्नेक्रममा न्यायधिश पौडेलले न्याय क्षेत्रमा सुधारको खांचो छ, हामी सबै मिलेर सुधार गर्न सक्छौ र समाजमा ब्यवसायिक प्रतिष्ठामा श्रेष्ठता हासिल गर्न सके न्याय क्षेत्रको गरिमा बढने बताउनु भयो ।
त्यसैगरी सोही कार्यक्रममा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलाशका अर्का माननिय न्यायधिश सांरगा सुबेदीले न्याय परिषद पास गरेपछी कानुनको बिद्यार्थीहरुमा समाजप्रतिको थप मर्यादित र गहन जिम्मेवारी आइपुग्ने बताउनु भयो । सुबेदीले वकील भइसकेपछी समाजमा एउटा सभ्य नागरीक भएर जिवन निर्वाह गनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।
त्यसैगरी नेपालगञ्ज उच्च अदालत नेपालगञ्ज इजलाशकै माननिय न्यायधिश गणेश बराल जिल्ला अदालत बांकेका न्यायधिश तेज नारायन पौडेल, नेपाल कानुन ब्यवसाय परिषदका मध्यपश्चिम केन्द्रीय परिषद सदस्य बीर बहादुर रोकायको अध्यक्षतामा सम्पन्न उक्त परिषद दिवस मनाउने क्रममा उच्च अदालत तुल्सीपुर रजिस्टार, बा्ंके जिल्ला अदालतका श्रेस्तेदार एवम अधिवक्ताहरु इश्वरी ज्ञवाली,ध्रुब बस्याल,अयुब सिद्धिकी, बिकास आर्चायले बार काउन्सिलले बच्चा जन्माएर पालन पोषण नगर्ने अभिभावक जस्तो भुमिका गरेको र परिषद पास पछी नबकिरण बाहेक केही नगर्ने गरेकोमा परिषदको आलोचना गनुभएको थियो ।