बाढी र पहिरोमा परी ७४ जनाको मुत्यू,५६ जना बेपत्ता, ३३ जना घाईते, कहां के भयो ? बृस्तीय समाचार…..

भिषण बाढीले राप्तीपारी फत्तेपुरको एक घर बगाएर बांकी बचेको अवशेष। फोटो हाम्रो संरचना

३० श्रावण, नेपालगञ्ज / अविरल वर्षातका करण तराईका २६ जिल्लाका वाढी पिडीत र पहाडी जिल्लाका बिभिन्न ठाउंमा गएको पहिरोले ठुलो संख्यामा जनधनको क्षती पुगेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याड.का अनुसार हाल सम्म बिभिन्न जिल्लामा गरी ७४ जनाको ज्यान गएको र ५६ जना बेपत्ता र ३३ जना घाईते भएका छन ।
बाढी तथा डुबानका कारण देशभरी २ हजार ६ सय ९८ घर पूर्णरुपमा क्षत्री भएका छन । बाढीले ४८ हजार ५ सय ५६ घर पानीमा डुबेको र २१ हजार ४ सय ६५ जना पूर्णरुपमा बिस्थापित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बांके

बांके जिल्लामा बाढी पिडित तथा सडक यातायातमा समस्या भएकालाई स्थानिय दैबि प्रकोप उद्धार समिति तथा सयुक्त सरक्षा फौजको सक्रियतामा उद्धार तथा राहत दिने काम भइरहेको छ । राप्ती नदि तथा बांकेका बिभिन्न नालामा भएर बगेको पानीले ठुलो क्षती पनि पु–याएको छ ।
बिकास निर्माणमा संगठित भ्रष्टाचार गरी बिकास निर्माणमा कम गुणस्तरको मुल नहर निर्माण गरेको र बर्षेनी जनधनको क्षती पु–याउने कार्यको कचनापुर बासीले आक्रोश पोखेका छन । राप्ती सोनारी गाउंपालीकामा पर्ने उक्त ठाउंमा भर भत्कीयर ३ जनाको मुत्यू समेत भएको छ भने एक जनाको लाश फेला परेको थियो ।
भारतले नेपालको सिमा नजिकै निर्माण गरेको लक्ष्मणपुर बांधको समयमै सबै ढोका नखालेका कारणले राप्ती नदिमा आएको बाढीले जलमग्न भएको राप्ती तटीय क्षेत्रमा करोडौं बराबरको क्षती भउको छ भने त्यसको विवरण संकलन तथा राहतको लागी स्थानिय संयन्त्रहहरु प्रिचालित भएका छन । बांकेको राप्ती सोनारी, खजुरा, बैजनाथ,डुरुवा र न।ैनापुर गाउंपालीकाको बिभिन्न ठाउंमा ठुलो क्षती पु–याएको छ । नेपालगञ्ज उप–महानगरपालीकाको वडा नम्बर २२ मा समेत बाढीले प्रभाबित पारेको छ । बांकेमा केही दिन अघि मात्र जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सरुवा भएकोमा जनपद प्रहरीका प्रमुख आइसक्नुभएकोमा प्रमुख जिल्ला अधिकारी आइतबार आउनुभएको छ ।
बाढीको कारणले बांकेको अगैया क्षेत्रका बिभिन्न ४ ठाउंमा राजमार्गमा क्षत्री पु–याएकोमा सडक मर्मत गदै गएकोमा आंशिक सडक सुचारु गरिएको छ ।

बर्दिया

बबई नदी र आसपासका खोलामा भिषण बाढी आएको छ । बर्दियामा २ जनाको ज्यान गएको छ भने एक जना वेपत्ता भएका छन । खोला तर्ने क्रममा ठाकुरबाबा नगरपालिका(५ खुनपुरका ६० वर्षीय गोविन्द थारुको डुबेर ज्यान गएको प्रहरी चौकी बगनाहाले जनाएको छ ।

बाढीका कारण घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका २ सतघरुवाकी ७० वर्षीया साउनी थारुको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रवार बबई नदीमा दाउरा झिक्ने क्रममा बारबर्दिया नगरपालिका १० का २९ बर्षीय राजेन्द्र थारु बेपत्ता भएका थिए ।

बबई नदीको बाढी सदरमुकाम गुलरियामा पसेपछी गुलरीया बजार सहित बालापुर, सूर्यगौडी, इन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुर लगायतका गाउँ डुवानमा परेका छन् । गुलरीया, भुरीगाउँ, बाँसगढी, मगरागढी, ठाकुरद्वारा लगायतका मुख्य बजार पनि जलमग्न भएका छन ।

ठाकुरबाबा नगरपालिकाको आम्वासा, भुरीगाउँ बजार, रानीपुर, नेउलापुर, बगनाह, मिर्चैया, ठाकुरद्धारा, सूर्यपटुवा, बारबर्दिया नगरपालिका पदनाहा, घोरपिट्टा, रानीपुर, धधवार, मगरागाडी र बाँसगढी, राजापुर नगरपालिका लगायतका वस्तीका हजारौं स्थानीयहरु विस्थापित भएका छन ।

बाढीका कारण सदरमुकाम नेपालगञ्ज गुलरिया र भुरीगाउँ गुलरिया जोडने हुलाकी सडक समेत अवरुद्ध भएको छ । सदरमुकाम गुलरीयाको जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय परिसर, कृष्णसार संरक्षित क्षेत्र पनि जलमग्न भएको छ ।

विस्थापित भएकाहरु स्थानिय विद्यालय, संघ संस्थामा आश्राय लिएर बसेका छन । बाढीमा फसेकाहरुलाई नेपाली सेना, प्रहरी र स्थानियबासीले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए ।

आईतबार बिहान बबई नदीको सतह ह्वातै बढेको १० मिटर पुगेको थियो । ओराही खोलामा आएको बाढीले ठाकुरद्धारा भुरिगाउँ सडक सम्पर्क समेत टुटेको छ । ओराही खोलाले सयौँ विघा जमिन कटान समेत गरेको छ ।

बर्दियामा अहिले सम्मको प्राप्त जानकारी अनुसार २ हजार १ सय ७३ घर पुर्ण रुपमा क्षती भएको छ भने ८ हजार ९ सय ६२ घर आंशिक रुपमा क्षती भएको छ । बाढीका कारण १३ हजार घरपरीवारका ७५ हजार जनसंख्या प्रभावित भएका छन । आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार सदरमुकाम गुलरीया नगरपालिकामा सबैभन्दा धेरै घरधुरी विस्थापित भएका छन ।

१७ सय ५० घर पुर्ण क्षती र २८ सय १२ घर आंशीक रुपमा क्षती भएको छ । बारबर्दियामा ३५० घर पुर्ण क्षती र २५ सय घर आंशीक क्षती भएको छ । ठाकुरबाबा नगरपालिकामा २२ घर पुर्ण क्षती र २०४५ घर आंशिक क्षती भएको छ ।    मधुवन नगरपालिाकामा ३ घर पुर्ण क्षती र ४९१ घर आंशिक क्षती भएको छ । राजापुर नगरपालिकामा १५ घर पुर्ण क्षती र ४८५ घर आंशिक क्षती भएको छ ।

बाँसगढी नगरपालिकामा ११ घर पुर्ण क्षती र ३६९ घर आंशिक क्षती भएको छ ।  गेरुवा गाउँपालिकामा १५ घर पुर्ण क्षती र २०० घर आंशिक क्षती भएको छ । बढैयाताल गाउँपालिकामा ७ घर पुर्ण क्षती र ६० घर आंशिक क्षती भएको छ ।
बर्दियाको सदरमुकाम गुलरीयाको संगम बस्ती, बालापुर, मस्जीदीया, खैरी लगायतका स्थानमा बाढीमा फसेकालाई उद्धार गर्न नसकिएपछी हेलोकप्टरबाट ३ सय २३ जनालाई उद्धार गरीएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार १ सय ५२ बालवालिका सहित ३ सय २३ जनालाई सेनाको हेलीकप्टरको सहायताबाट उद्धार गरीएको हो ।

गुलरीयामा रहेको नेपाली सेनाको भैरवप्रसाद गण सुरक्षा गुल्म ब्यारेकमा राखेर उनिहरुलाई तयारी खाना खुवाएर राखीएको छ । बाढीमा फंसेकालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढीमा फसेकालाई उद्धार गरी सुरक्षित स्थानतर्फ पुर्याएका छन । नेपाली सेनाले डुङ्गा मार्फत पनि उद्धार गरेको छ ।
पानीको सतह मापन केन्द्र बबई चेपागंमा विहान साढे आठ बजे पानीको सतह बढेर १० मिटर पुगेको थियो । चेपांगमा पानीको सतह घटदो क्रममा ८।३२ मिटर रहेको भएपनि यो खतराको लेभल नै हो ।

दाङ

दाङमा हालसम्म ३ जनाको मृत्यु भएको छ भने ६४ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
बाढीपहिरोमा परी तुलसीपुर उपमहानगरपालिका १३ सिमगैरीकी ४८ वर्षीया भगवती सुनारलाई तुहीखोलाले बगाउँदा मृत्यु भएको हो ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका– ४ का ५८ वर्षीय नरबहादुर रावतलाई पनि बेतनी खोलाले बगाएर बेपत्ता बनाएको र खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।  आइतबार घोराही उपमहानगरपालिका– १२ पेडागाउँकी ३३ वर्षीया निर्मला बाँठा मगरले हापुर खोला तर्ने क्रममा बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी-पहिरोबाट विस्थापित दाङ जिल्लाका विभिन्न स्थानका ८७ घर डुवानमा परी क्षति भएको र तीमध्ये ६४ घर परिवार र तिनको धनमाल सुरक्षित स्थानमा सारिएको जनाएको छ ।  प्रहरीले तुलसीपुर–अमिलिया सडकखण्ड, घोराही–होलेरी ९रोल्पा० सडकखण्ड, लमही–घोराही–तुलसीपुर सडकखण्ड, तुलसीपुर पश्चिम चिराघाट सडकखण्ड, घोराही उपमहानगरपालिका– १९ चिहानगैरामा पहिरो र रुख ढली यातायात अवरुद्ध भएकोमा स्थानीयवासी र सरोकारवालाहरुसँगको सक्रियतामा सडक खुलाएको छ ।
दाङमा बाढी पहिरोबाट डुबानमा परी ७० चौपायाको मृत्यु तथा बेपत्ता, १४०६ वटा पंक्षी ९कुखुरा०को क्षति भएको प्रहरीले तथ्याङ्क सार्वजनिक गरेको छ । त्यस्तै, १५०० भुरा माछा बाढीले बगाई क्षति पुराएको छ । बाढीपहिरो प्रभावित क्षेत्रहरु दंगीशरण गाउँपालिका वडा नं। १, २, ६, ७, राजपुर गाउँपालिका वडा नं। ४ र ५, लमही नगरपालिका वडा नं। ९, तुलसीपुर उपमहानगरपालिका वडा नं। ७, ९, ११, १३, १५ र १६, घोराही उपमहानरपालिका वडा नं। ६, १०, ११ र १७ मा प्रहरी टोली खटिएर बाढीपहिरोबाट हुनसक्ने क्षतिको सम्बन्धमा सतर्कता अपनाउनुका साथै उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

कैलाली

कैलालीको भजनी नगरपालिका–८ स्थित खैरा, कृष्णनगर, काडाढिक,सोनाफाटा, खल्ला, भ्रतनापुर, दैलेखि टोल, जनकपुर, बाहादुरपुर छछरुवामा अवरिल बर्षासंगै आएको बाढीले करीव १ हजार १ सय ५० घरधुरी पूर्ण रुपमा डुवानमा परेको छ ।
भजनी नगरपालिका–२ स्थित घरुवा, कटकानपुर, पल्टुपुर, मोहनपुर गरी ३ सय ४७ घर धुरी समेत पूर्ण रुपमा डुवानमा परेका छन् । भजनी नगरपालिका–६ नवलपुर, थापापुर, बिस्नापुर, बसाहा, खोदाउपुरमका करीव १ हजार घरधुरी आंकिश रुपमा डुवानमा परेकाले प्रभावितहरुलाई सुरक्षित स्थान हुलाकी राजमार्ग र अग्लो स्थानमा सारिएको छ ।

झापा

झापा गाँउपालिका–२ बालुबाटार बस्ने ३५ वर्षीया धनमाया घोरासइनी र उनकी छोरी १६ वर्षीया फला घोरासइनीलाई सानिमाई खोलामा आएको बाढीले शनिबार बगाई लगेकोमा सोही गाउँपालिका–१ सितुमारीस्थित खोलाको छेउको खेतमा धनमायाको शव फेला परेको छ ।

यसैगरी झापाकै झापा गाउँपालिका–३ सिमलबारी बस्ने ४० वर्षीया कलमा दर्लामी र उनकी छोरी ८ वर्षीया सुसी दर्लामी सानोमाई खोलाको पानी घरमा छिरेपछि भाग्ने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर पाएपछि खटी गएको प्रहरीले खोजी गर्नेक्रममा कमलालाई मृत अबस्थामा फेला पारेको छ ।
दमक नगरपालिका–१० स्थित बेतिनी खोलामा आएको बाढीले नदी छेंउमा रहेका करीब २० वटा फुसको छानो भएको कच्ची घरहरु बाढीले बगाएको छ ।

झापा गाउँपालिका ५,६ र ७ सनामती गाउँमा बिरिङ खोलामा आएको बाढीले बस्ती डुबानमा पर्दा करीब १२ सय घर डुबानमा परेका छन् ।
अविरल बर्षाको कारण बिर्तामिष नगरपालिकाशान्ति टोलमा ५० घर, भद्रपुर–५ शान्ति टोलमा ३५ घर, कनकाई नगरपालिका–८ सुकुम्बासी बस्तीमा १० घर, कचनकवल गाउँपालिका–५ पानमारीमा करीव ५ सय घर डुबानमा परेको, सोही गाउँपालिका–४ मा १ सय ५० घर, गौरीडह नगरपालिका–५ र ६ मा १ सय ७० घर, गौरीगन्ज गाउँपालिका–६ खजुरगाछिमा १४ घर, २ वडामा १ सय ७० घर, कनकाई नगरपालिका–१ र ३ मा ३ घर, अर्जुनधारा नगरपालिका–८ मा ४० घर डुबानमा परेकोले आफन्तको घरमा गई बसेका छन् ।

मोरङ

मिक्लाजुङ गाउँपालिका–२ रातमाटे टोल बस्ने ३२ वर्षीय गंगाराम खतिवडाको सोही ठाउँस्थित बक्राहा नुनसरी खोला तर्ने क्रममा खोलाले बगाई मृत्यु भएको अवस्थामा शुक्रबार शव फेला परेको छ ।
यसैगरी मोरङकै केराबारी–९ कुसुमे बस्ने ५६ वर्षीय मिनबहादुर थापाको खोलाले बगाएर शुक्रबार मृत्यु भएको छ । बेलबारी बजारबाट घर फर्कने क्रममा बेलबारी नगरपालिका–१ स्थित लोहन्द्रा खोलाले बगाएर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा बेलबारी–२ स्थित खोलाको किनारमा शव फेला परेको हो ।

जहदा गाँउपालिका–३ र ४ स्थित लोहान्द्र खोलामा आएको बाढी गाउँमा पस्दा करीब १ सय ५० घर डुबानमा परेकाले उक्त घरका मानिसहरु सोही ठाउँमा रहेको दुर्गा उच्च माध्यामिक बिद्यालय तथा आफन्तका घरमा गएका छन् । साथै सोही गाउँपालिका–७ महादेव कोल र भिमपुरमा सोही खोलाको बाढी पसी ४ सय घर डुबानमा परेकाले ५० घरका करीब २ सय ५० जनालाई सोही स्थानमा रहेको महेन्द्र माध्यामिक बिद्यालयमा राखिएको छ ।

रंगेली नगरपालिका–५ बजारमा बक्राह खोलाको बाढी पसेर करीब २० घर डुबानमा परेकोले उक्त घरका मानिसहरुलाई सोही स्थानमा रहेको निचामारी प्राथमिक विद्यालयमा राखिएको छ । सुनबर्षी नगरपालिका–७ सुकुम्बासी बस्तीमा गएराति बक्राहा खोलाको पानी पसेर ५० घर डुबान परेका, धनपालथान गाउँपालिका ५, ६ र ७ वडामा लोहोन्द्रा खोलाको पानी बस्तीमा पसेर करीव ३ सय घरमा डुबान भएको, रतुवामाई नगरपालिका–१ सोनापुरमा बक्राहा खोलाको बाँध फुटेर करीव ३० घर बिस्थापित भएका छन् ।

यसैगरी मोरङकै लेटाङ नगरपालिका–६ लामिटार बस्ने राजेन्द्र चेम्जोङको गोठ, घर, चौपाया १५ वटा, मकै, भाँडावर्तन, धान खेत, बाँसघारी सहितको जमिन ५ कठ्ठामा पहिरोले पुरिएर करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । सोही ठाउँ बस्ने खगेन्द्र सिलवालको घर जमिन धसियर बस्न नमिल्ने भई करीव ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
कटहरी गाउँपालिका–४ स्थित नयाँबजारमा गएराति लोहन्द्रा खोलाको पानी पसेर करीव ८० घर बिस्थापित भई नजिकै रहेको हनुमान मन्दिरमा सुरक्षित बसेका छन् ।
उर्लावारी नगरपालिका–८ स्थित माझीटोलमा गएराति बक्राहानुनसरी खोलाको पानी पसेर करीव १५ घर डुवानमा परेका छन् । साथै मिक्लाजुङ गाउँपालिका–६ खाबेझोडामा स्थानीय खोला पसेर करीव १८ घर डुवानमा परेका छन् । मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बिराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालय बिराटनगरको कम्पाउण्ड वाल शुक्रबार रातिदेखिको अविरल बर्षाको कारण भत्कीएको, बिमानस्थल सुरक्षा गार्ड बिराटनगरको ब्यारेक भवन तथा कार्यालयमा पानी पसेको, रतुवामाई नगरपालिका–५ स्थित प्रहरी चौकी गोबिन्दपुरमा रतुवा खोला र बक्राहा खोलाको वाँध फुटेर पानी पसेको, बिराटनगर महानगरपालिकाका ४, ५, ६, ११ र १२ नम्बर वडामा बर्षाको पानी पसेर करीव ६ सय घर परिवार बस्न नमिल्ने भएको, रतुवामाई नगरपालिका–७, ८, ९ र ५ स्थित रतुवा खोला र बक्राहा खोलाको वाँध फुटेर बस्तीमा खोलाको पानी पसेर करीव ७ सय घरपरिवार बिस्थापित भएका, धनपालथान गाउँपालिका–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर बस्तीका १ सय ५० घर डुबानमा परेका र रंगेली नगरपालिका–३ आमतोलामा ४ घरमा पानी पसेर क्षति पुगेको छ ।

मोरङकै बुढीगंगा गाउँपालिका–२ बौराहा टोलमा अविरल बर्षाको कारण बुढीखोलाको बाढी पसेर करीव १ सय ५० घर, सोही गाउँपालिका–३ तथा मुडेरी टोलस्थित करीव १ सय ५० घर र सोही गाउँपालिका–५ दिपुटोलमा करीव ५० घर समेत डुबानमा परेका छन् । पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
यसैगरी मोरङकै बेलबारी नगरपालिका–५ स्थित लोहन्द्र खोलामा रहेको पक्की पुल र पुलको छेउमा रहेको कसेनी एरियातर्फ पानी लाने नहरको सुरुङ समेत गएराति अविरल वर्षातको कारण आएको बाढीले बगाइ लगेको छ ।

सुनसरीः

गएराति परेको अबिरल बर्षाको कारण बुढिखोलामा आएको बाढिले ईटहरीका आसपास गैरीगाउँ र तरहरा पानीपियामा ५ रुख ढलेर कोशी राजमार्ग अवरोध भएको छ । दुहबी–४ महलहट्टीस्थित करीव ४० घर र सेउती खोलाको पानीले रामधुनी नगरपालिका–६ बक्लौरीमा डुबान भएको छ ।
यसैगरी सुनसरीकै ईटहरी उपमहानगरपालिका वडा ३ मा गएराति परेको अविरल बर्षाको कारण १ सय ५० घर, वडा ४ मा ४० घर, ईटहरी–१० मा २० घर, इटहरि–२० मा २० घर डुवानमा परेका छन् । डुवानमा परेकालाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ । साथै धरान उपमहानगरपालिका–४ निसानेडाँडा कोशी राजमार्गमा करीव ४० मिटर सडक पहिरो खसेर बाटो पूर्ण रुपमा अबरोध भएको छ भने ईटहरी उपमहानगरपालिका–१७ लवीपुरमा पूर्व–पश्चिम राजमार्ग बर्षातको कारणले करीव ९ मिटर भासिएर सवारी आवागमन अबरोध भएको छ ।
सबै स्थानमा स्थानीय प्रहरी टोली खटिई गई उद्धार कार्य एवं यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

महोत्तरी

लोहारपट्टी गाउँपालिका–४ स्थित स्टेशन टोलमा १० वटा घर शनिबार डुबानमा परेका छन् । उक्त घरका मानिसहरुलाई प्रहरीले सुरक्षित स्थानमा ल्याएको छ ।

ललितपुर

मांहाकाल गाउँपालिका–३ स्याङतान टोल बस्ने जय बहादुर स्याङतानको एकतले घर माथीबाट पहिरो आई पुरिदा पूर्णरुपमा क्षती भएको छ भने सोही ठाउँ बस्ने राम बहादुर स्याङतानको गोठ भत्केर पूर्णरुपमा क्षति भएको छ । पहिरोमा रामबहादुर स्याङतान र दिपक स्याङतानको घर समेत पूर्ण जोखिममा रहेको छ ।

रामेछाप

माकुण्ड गाउँपालिका–२ स्थित रोशीटावामा पहिरो जाँदा श्याम कार्की लगायत ३ जनाको घर जग्गा जोखिम पूर्ण अवस्थामा रहेको छ ।
जोखिममा रहेका स्थानीयवासीलाई प्रहरीले सुरक्षीत स्थानमा सार्नुका साथै उद्धार कार्य गरिरहेको छ ।
बाराः
पचरौता गाउँपालिका–९ बलढुसुवास्थित जानकी मन्दिरको बृद्ध आश्रमको कच्ची घरमा जमुनी खोलाको अविरल बर्षाको कारण शनिबार बाढी पस्दा आश्रममा बसेका ४ जनामध्ये ३ जनालाई उद्धार गरिएको छ भने आदर्श कोतवाल–९ बस्ने ७० वर्षीय ब्रम्हदेब महतो डुबेर बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको छ ।

सुनसरी

ईटहरी उपमहानगरपालिका–४ गौरीगाउँ डेरा गरी बस्ने भोजपुरकी ३२ वर्षीया माया राईका छोरा ३ वर्षीय रुपेश राई र उनकै छोरी ८ वर्षीया रुप्सनी राई समेत ६ जनाको गएराति अविरल वर्षाको कारण आएको बाढीमा परी मृत्यु भएको छ ।

नवलपरासीः

मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा व्यापार गर्ने भारत ठुटीबारी बस्ने ५५ वर्षीय वल्ली चौहान स्थानीय अरुणखोला नदीले बगाई शुक्रबार बेपत्ता भएका छन् । सरावल गाउँपालिका ६ र ७ स्थित शनिबार परेको अबिरल बर्षाको कारण झरही खोलाको बहाव बढी प्रहरी चौकी भुजहवा सहित करीव १ सय २० घरहरू डुबानमा परका छन् । स्थानिय मानिसहरू सरसमान सहित सुरक्षित स्थानमा बसेका छन् ।

नवलपरासीकै बिनयीत्रिवेणी गाउँपालिका–६ र ७ शिवपुरगडीस्थित अबिरल बर्षाको कारण १२ घर डुबानमा परेको छन ।  यसैगरी नवलपरासीकै बर्दघाट नगरपालिकाको २, ४, ५, ६, ७, १० र ११ स्थानहरूमा अबिरल बर्षाको कारण गएराति बाढी आई घरहरू डुबानमा परेका छन् । हाल पानीको बहाव क्रमश घटदै गएको छ ।

रोल्पाः

दुईखोली गाउँपालिका–१ स्थित बगाउने खोलाले बगाई ल्याएको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय चन्द्रबहादुर रोकाको शव शुक्रबार फेला परेका छ ।

खोटाङः

केपीलासगढी गाउँपालिका–४ बस्ने मन्जुल राईको छोरा ७ वर्षीय रोबिन राई घरबाट हराएकोमा केपीलासगढी–५ स्थित तापखोलाले बगाई ल्याएको अवस्थामा शुक्रबार मृत फेला परेका छन् ।

सर्लाहीः

बरहथवा नगरपालिका–१० हात्तिसार बस्ने असर्फि साहको छोरा १५ वर्षीय राकेश साह स्थानीय सोती खोलामा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको छ ।

धनुषाः

जनकपुर उपमहानगरपालिका–८ र ९ रामानन्दचोकस्थित खानेपानी कार्यालय लगाएत १४ वटा पसलहरु, गणेशमान चारनाथ नगरपालिका–३ स्थित ८ घर, गणेशमानचारनाथ–२ गंगापुरस्थित मुसहरि टोलमा २० घर, सबैला नगरपालिका–१२ स्थित टोकी र खैरबाना गाँउका ५० प्रतिसत घर, धनुषाधाम नगरपालिका–२ मखनबाबाकुट्टीस्थित ५० प्रतिशत घर बर्षाको कारण डुबानमा परेका छन् भने गणेशमानचारनाथ नगरपालिका–६ सखुवनिस्थित रक्ताही खोलाले गोदार चिसापानी सडकमा कल्भट बगाएको छ ।
साथै सोही ठाउँ बस्ने रासलाल यादवको फुसको घर, जनकपुर उपमहानरपालिका–२२ भमरपुराचोक बस्ने साबित्रीदेवी ठाकुरको कच्ची घर, मिथिला नगरपालिका–८ बस्ने ज्ञानबहादुर क्षेष्ठको २ वटा घर र सहिदनगर नगरपालिका–७ बस्ने मनोज मंडलको कच्ची घर भत्किएर क्षति भएको छ ।

चितवनः

माडी नगरपालिका–६ बसन्तपुरस्थित घरमा स्थानीय रिऊ खोलाको बाढी आई ५० घरमा पानी पसेको, माडी–१ स्थित कलवर्ड बाढीले बगाएको कारण माडीबाट चल्ने सवारीसाधन अबरोध भएको छ भने बसन्तपुरकै सत्यनारायण शाह, लक्ष्मण साह, बाहुन महततो, रिता महतोको घरका भाडावर्तन, अन्नपात लगायतका विभिन्न धनमाल बगाएर क्षति भएको छ ।
यसैगरी चितवनकै माडी नगरपालिका–१, २, ४ र ६ सम्मका बिभिन्न स्थानहरुमा अबिरल बर्षातको कारण गएराति रिउ खोला लगायत अन्य खोलाहरुमा पानीको वहाब बढी घरहरुमा पानी पसी डुबान भएको छ । माडी नगरपालिका–४ का २ घर जोखिममा रहेका छन् । सो स्थानका मानिसहरु सुरक्षित स्थानमा गई बसेका छन् ।

सप्तरीः

सप्तरी राजबिराज सदरमुकाम र सदरमुकाम आसपास देउरी भरुवा, खर्साल टोल, कंचनपुर रोड, बिरौल चोकमा डुबान भएको, शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्ब पश्चिम राजमार्गमा पर्ने फापी खोलाको पानी बहाब बढी कटान भइरहेको, खोलाको पुल जोखिममा रहेको, देउरी भरुवा भन्ने स्थानमा खाडो खोलाको पानीको बहाब बढी बाँध फुटेको तथा ४० घरमा डुबान भएको र ६ वटा घर उच्च जोखिममा रहेका छन् ।
पोर्ताहस्थित महुली खोलाको बाँध फुटेर विभिन्न स्थानका १ सय घर डुबानमा परेका छन् भने महुली खोलामा आएको बाढीले कटान गरी कृष्णसवरण गाउँपालिका–१ जण्डोल हेडाङ बस्ने मोहन मगरको घर र घुम्ती किराना पसल, सुर्य मगरको घर, सिचाइ शाखा कार्यालयको भवन गरी करीव १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शम्भुनाथ नगरपालिका–१ स्थित भोला साहको कुखुराको फर्म बगाएको, रुपनी गाउँपालिका–५ स्थित बसोबास गर्ने २५ घर तथा शम्भुनाथ–१ र २ मा पर्ने मुसरी टोलमा बसोबास गर्ने ४० घर पूर्ण रुपमा डुबान भएको छ ।
यसैगरी सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रम्पुरामल्हनियामा बसोबास गर्ने करीव १ सय ५० घर खाडो खोलाको पानी पसेर डुबानमा परेका छन् ।
छिन्नमस्ता गाउँपालिका–१ फकिरामा मुर्ति नदीबाट पानी आई करीव ५ सय घरमा पानी पसेर डुबान भएको छ ।
राजबिराज नगरपालिका–१५ स्थित खाडो खोलामा गएराति परेको अबिरल बर्षाको कारण बाँध बाँध्दै गरेको ठाउँमा पानीको बहाब बढ्न गई स्थानिय मानिसहरुको घरआँगनमा करीव ३ फिट पानी जमेको छ । बालबालिका तथा बृद्ध–बृद्धाहरुलाई प्रहरी टोली खटी गई उद्धार गरी सामुदायिक भवनमा सुरक्षित राखिएको छ ।
तिलाठी कैलाडी गाउँपालिका–१ मा गएराति परेको अबिरल बर्षाको कारण खाडो खोला बढ्न गई तिलाठी, कैलाडी र सखरपुराका गाउँमा करीव ४ फिट पानी जमेको छ ।

ईलामः

चुलाचुली गाउँपालिका २ र ३ मा पर्ने चाजुखोलामा आएको बाढीले पेल्टीमारी बस्ने अनु राईको ८ कठ्ठा जमिन, तारबहादुर राईको २ कठ्ठा खेत कटान गरेको दुबैको घर जोखिममा रहेको छ ।
यसैगरी ईलामकै चुलाचुली गाउँपालिका–२ र ३ को बिचमा पर्ने चाजु खोलाको झोलुङ्गे पुलको जग खोलामा आएको बाढीले शुक्रबार बगाएको छ । उक्त पुलमा आवतजावतमा रोक लगाइएको छ ।

रौतहटः

दुर्गाभगवती गाउँपालिका–१ भलोहियास्थित १५ कच्ची घर बर्षातको पानीको कारण डुबान परेको, उक्त घरका करीव २ सय मानिसहरुलाई भलोहिया माबिमा उद्धार गरी राखिएको र अन्यलाई उद्धार गर्ने कार्य भइरहेको छ ।
यसैगरी रौतहटकै परोहा गाउँपालिका–५ बसन्तपट्टि बस्ने शिबपुजन राउत लगायत ४ जनाको घर अविरल बर्षाको कारण परोहा शुक्रबार भत्कँन गई करीव ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

महोत्तरीः

मनरा गाउँपालिका–२ ईटहर्वाकट्टी बस्ने दिनेश चौधरीको कच्ची घर अबिरल बर्षाको कारणले शनिबार लड्दा घरभित्रको अन्नपात, लत्ताकपडा गरी २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सिराहाः लहान नगरपालिका–१९ छर्रापट्टी बस्ने ५५ वर्षीय मिश्री सदायको र सखुवानन्कारकट्टी गाउँपालिका–४ बस्ने ६५ वर्षीय रामबृक्ष यादबको घर शनिबार ढलेर करीव ६० हजार र लहान नगरपालिका–२० बस्ने ४५ वर्षीय पुजेन्द्र यादब, ४५ वर्षीय लखनदेव यादब र ५० वर्षीय सत्यनारायण गुप्ताको घरमा पानी पसेर करीव १ लाख २० हजार रुपैयाँ वरावरको धनमाल क्षति भएको छ ।

सिन्धुली

हरिहरपुर गढी गाउँपालिका–७ स्थित क्यानखोलाको बाढीले काशिनाथ पौडेल सहित ५ जनाको घर,पसल बगाएर तथा पानी पसेर करीव ७ लाख ७० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।
यसैगरी सिन्धुली कमलामाई नगरपालिका–२ स्थित धनमाना बस्ने गुणराज श्रेष्ठको ढुङगा र सिमेन्टले बनेको जस्ताको छानो भएको एकतले घर बाढीले बगाउदा करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।