हाम्रो संरचना बुधबार, अशोज २९, २०७६ 482 Views

३०, श्रावण, नेपालगञ्ज/ जिल्ला प्रशासन कार्यालय बांकेमा प्रमुख जिल्ला अधिकारीको रुपमा रमेश के.सी. आउनु भएको छ ।
केही लामो समय सम्म संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय अन्तरगत स्थानिय बिकास अधिकरीको रुपमा काम गरी अनुभव संगाली सक्नुभएका के.सी. केही समय अघि मात्र सह–सचिवमा नाम निकालेर गृह-मन्त्रालयमा सरुवा भएको थियो ।  

मध्यपश्चिमको पहाडी जिल्ला रुकुम निवासी प्रमुख जिल्ला अधिकारी के.सी. मध्यम बर्गिय परिवारबाट खरिदार पदबाट जागीर सुरु गर्नुभएको थियो । के.सी.को अन्य भाइ पनि सरकारी जागीरकै क्रममा बिभिन्न ठांउंमा उच्च पदमै कार्यरत रहेका छन ।

सानै देखी पढाईमा तिक्ष्ण रहनुभएका रमेश नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा पनि अध्ययन गर्नुभएको हो । हाल गृह मन्त्रालयबाट सरुवा मिलान गर्ने गरी काजमा आईतबार नेपालगञ्ज आउनुभएको हो ।

बांकेमा बाढीले ठुलो क्षती पु–याएको र पहिल्यका प्रमुख जिल्ला अधिकारी सरुवा गरिएकोले उक्त ठाउंमा कसैको सरुवा गरिएको थिएन । प्र.जि.अ. के.सी.को उपत्यका पछी अति ब्यस्त रहने पश्चिम नेपालको प्रमुख ब्यापारीक केन्द्र नेपालगञ्जबाट उच्च शिक्षाको सुरुवात गरेकै ठाउंबाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुरुवात भएको छ ।

बांके आएको दिनदेखी सिडिओ के.सी. बाढी पिडीतको राहत तथा उद्धारका लागी बिभिन्न राजनितक दल तथा संघ/संस्था, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस, लगायत संग छलफल गरी समन्वयात्मक रुपमा कार्यको अगाढी बढाउने काममा जुटेको सिडिओका सहयोगीका रुपमा रहनुभएका प्रशासकिय अधिकृतले जानकार दिनुभउको छ ।