हाम्रो संरचना बुधबार, अशोज २९, २०७६ 491 Views

३० श्रावण, नेपालगञ्ज/ बाढी र पहिरोमा परी देश भरीमा हाल सम्म  ९१ जनाको मृत्यु, ३८ जना वेपत्ता र २५ जना घाइते  भएको तथ्याड गृहमन्त्रालयले जनाएको छ । बाढी पहिरो कारण २ हजार ८ सय ४७ घरहरु पूर्णरुपमा क्षति भएका छन् ।

त्यसैगरी क्षति भएका अरु बिभिन्न पूर्वाधारहरुको संख्या ३ हजार ७ सय २७ रहेको गृहमन्त्रालयले जनाएको छ । बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुको खोज तथा उद्धार गरी राहत प्रदान गर्ने कार्यलाई सरकारले तिव्रता दिएको छ । त्यसका लागि सुरक्षाकर्मीसहित २६ हजार ७ सय भन्दा बढी जनशक्ति परिचालन गरिएको गृहमन्त्रालयको दाबी छ ।

खोज र उद्धारका लागि नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । साथै मोटर बोट, रबर बोट लगायतका साधनहरु पनि प्रयोग गरिएको छ । मन्त्रालयका अनुसार आज १२ वटा जिल्लाका बाढी पहिरो पीडितलाई राहत वितरण समेत गरिएको छ ।

हेर्नुहोस् राहत वितरणको विवरण  :