हाम्रो संरचना बुधबार, अशोज २९, २०७६ 350 Views

३१, श्रावण,नेपालगञ्ज/ नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा अध्यक्षका लागि तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासंघका वर्तमान महासचिव उजिर मगर र माओवादी निकट प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।

कोइरालालाई एमाले निकट प्रेस चौतारी लगायतका क्रियाशिल अग्रज पत्रकारहरुको पनि समर्थन गरेको छ । यस्तै कांग्रेस निकट प्रेस युनियनका केही र माओवादी निकट प्रेस सेन्टरको  उम्मेदवारको रुपमा आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको हो । आचार्यलाई चुनौती दिनेगरी  सक्रिय तथा चर्चित पत्रकार उजिर मगरले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मगर यसअघि प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धनबाट महासचिव बन्नुभएको थियो । यसपटक पनि चौतारी र सेन्टरको गठबन्धन कायमै राख्ने प्रयास भएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार सेन्टरले युनियनसँग तालमेल गरेको हो । पत्रकार महासंघको २५ औं महाधिवेशन आउँदो भदौ ४ र ५ गते काठमाडौंमा हुँदैछ ।

तिर्थ कोइराला