बाघको छाला सहित दांगमा २ जना पक्राउ

१ भदौ ,दाङ/तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ५२ वर्षीय तुलप्रसाद सापकोटा र सल्यान कपुरकोट गाउँपालिका–६ बस्ने ५१ वर्षीय रुपलाल बोहरालाई ७ फिट १० ईन्च लम्बाई र ४ फिट १० ईन्च चौडाई भएको बाघको छाला १ थान सहित  बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 सोही ठाउँस्थित मालिका कालिका बस व्यवसायी समितिको काउन्टर नजिक शंकास्पद रुपमा हिंडिरहेका सापकोटा र बोहरालाई प्रहरीले चेकजाँच गर्दा उक्त बाघको छाला बरामद भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।