जुम्लाको तिला नलिमा जिप खस्यो,खलासी बेपत्ता

८ भदौ,जुम्ला /   बुधबार बेलुका जुम्लाको पातारासी गाउँपालिका–५ स्थित लोर्पा सडकबाट जिप तिला नदीमा खसेर सहचालक  वेपत्ता भएका छन् । जिपको पछाडि बसेका यात्रुहरु हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।  

‘उर्थु पातारासी सडकखण्डमा जुम्ला बजारबाट डिल्लीचौर यात्रु लिएर लोर्पामा पुुग्यो चालक उत्रिए पछि सह-चालकले जिप चलाउन खोेज्दा सह-चालक बेपता भए’ एक स्थानीय बासिन्दाले बताए ।

भे १ च २१४४ नम्बरको जिप बुधबार बेलुका पातारासी गाउँपालिका–५ लोर्पा नजिकैबाट तिला नदीमा खस्दा सहचालक २६ वर्षका दत्तबहादुर बुढा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । वेपत्ता बुढाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।