कोहलपुरलाई स्मार्ट सिटि निर्माणका लागी पत्रकारहरुसंग अन्तरक्रिया

सरला सुबेदी
११भाद्र,कोहलपुर
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालीकालाई स्मार्ट सिटि निर्माणका लागी सबैको सहयोग खांचो रहेको बताउनुभएको छ ।
कोहलपुरको सर्वागिन विकासका लागी बांके जिल्लाका पत्रकारहरको सहयोग अपरिहार्य रहेको र नगरपालीकाले पनि पत्रकारहरुका लागी सबै पत्रकारहरु अटाउन सक्ने आधुनिक खालको सञ्चारग्राम स्थापना गर्ने बताउनुभएको छ । 

प्रमुख रावतले सडक छेउमा रहेका होडिङ्ग बोर्डलाई हटाएर डिजिटल बोर्ड राख्ने, कोहलपुरको चिनारी रहेको चौराहामा संग्रहालय निर्माण गर्ने,कोहलपुर नगर भित्र आधुनिक घण्टाघर निर्माण गर्ने लगायत कोहलपुरका जनताको सेवाको लागी २४सै घण्टा नगरपालीकालाग्ने प्रतिबद्धता नगर प्रमुखले  पत्रकारहरु माझ बताउनुभएको छ । 

आइतबार कोहलपुर नगरपालिकाले आगामी दिनहरुमा कोहलपुरलाई बिकास र समृद्धितर्फ उन्मुख गराउन पत्रकारहरु संग आफ्ना निति तथा कार्यमाथी छलफल एवम राय सुझाव संकलन गरेको हो।

शैक्षिक गुणस्तर विकासकालागी सामुदायिक बिद्यालयहरुमा अत्याधुनिक प्रबिधिको प्रयोग गरी नमूना बिद्यालय विकास गनुपर्ने,आधारभुत स्वास्थ्य सेवा कार्यक्रम ४र४महिनामा डाक्टर उपकरण र प्रबिधि सहितको सेवा सुचारु गर्नु पर्ने, कोहलपुर नगरपालिकाले दीर्घकालीन बिस बर्षे गुरुयोजना ल्याउनु पर्ने, जनताले आफ्ना समस्या सिधै नगरप्रमुख सङ्ग राख्नको लागी जनता सङ्ग मेयर कार्यक्रम संचालनमा ल्याउनु पर्ने, भ्रष्टाचारमुक्त, सुशासनयुक्त विधिको शासन स्थापना, अनिवार्य, आयोजनाको चौमासिक सार्वजानिक सुनुवाइ, सामाजिक परिक्षण, सञ्चारमैत्री कोहलपुर र आधुनिक सञ्चारग्राम स्थापना गर्नको लागी पत्रकारहरुले राय सुझाव दिएका थिए।


कार्यक्रममा कोहलपुर नगर उपप्रमुख सन्जु कुमारी थारु,कोहलपुर नगरका कार्यकारी अधिकृत माधब शर्मा, कोहलपुर नगरपालिका वडा न।१०का वडा अध्यक्ष निरज चलाउने, कार्यपालिका सदस्यहरु डिल बहादुर परियार,भिम बहादुर नेपाली, नेपाल पत्रकार महासङ्घ बाके उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस चौतारी नेपालका प्रदेश न।५का सदस्य बिष्णु बेल्बासे,प्रेस युनियनका केन्द्रीय उप९महासचिव प्रेम केसी,प्रेस चौतारी नेपाल बाके अध्यक्ष हेमन्त बिक लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो।