नेपालगञ्जको समाबेशीमा बातावरण संरक्षण सम्वन्धी अभिमुखिकरण सम्पन्न

१४ भदौ,नेपालगञ्ज/  नेपालगञ्जको बसपार्क स्थित समाबेशि ईंग्लिश हाई स्कुलका बिद्यार्थीहरुलाई वातावरण संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।
नेपालगञ्ज उप९महानगरपालीका वडा नम्वर ४ को बसपार्क नजिकै रहेको उक्त स्कुलका कक्षा ९ र १० का ६३ जना बिद्यार्थीहरुलाई बुधबार बिहान सरसफाई तथा बातावरण सम्वन्धी अभिमुखिकरण गरिएको हो । नेपालगञ्ज उप-महानगर पालीकाकको समन्वय र नेपालगञ्ज युथ सेन्टरको सहयोगमा उक्त सरसफाइ र संरक्षण सम्बन्धि अभिमुखिकरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरका बाताबरण ईन्जिनियर प्रकाश डिसिले बातावरण सम्वन्धी अभिमुखिकरण सहजिकरण गर्दै बाताबरण प्रदुषणको कारण र जलबायु परिबर्तनले पार्ने असरका बारेमा जानकारी दिनुभएको थियो ।।

अबिमुखीकरण कार्यक्रममा बिधालयका अभिभावक पवन जैसवालले यस्ता कार्यक्रमले बिद्यार्थी हरुलाई किताबी ज्ञान् मात्र नभैइ ब्यबहारिक ज्ञान् दिने र समाबेशीमा यस्ता कार्यक्रमहरु भइरहने भएकाले निकै खुसी लागेको जानकारी दिनुभउको छ ।

यसैगरी नेपालगन्ज युथ सेन्टरका संयोजक गजे थापाले बाताबरण प्रदुषणले निकै असर गरेकोर विद्यार्थीहरुलाई बुझाउन सक्यौ भने संरक्षणका लागि टेवा पुग्ने बताउनु भएकाृ छ ।
नेपालगन्ज युथ सेन्टरका अध्यक्ष बेन्जामिन श्रेष्ठको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमले विद्यार्थी हरुलाई बाताबरण प्रदुषणका साथै जलबायु संरक्षण सम्बन्धि ज्ञान दिएको बताउदै यस्ता कार्यब्रम ुञ्चालन गरी आफनो बिधालयका बिधाथीहरु लाई लाभ पुगेको र यस्ता कार्यक्रमले बाताबरण संरक्षणमा ठुलो सहयोग पुग्ने भएकाले सहयोग गर्ने सबैलाई समाबेशीका प्रधानाध्यापक हेमन्त राज काफले आभार ब्यक्त गर्नुभएको थियो ।