बांके,राप्ती-सोनारीका जोखिमयुक्त बस्तीहरुलाई सुरिक्षत ठाउंमा सार्न प्रधानमन्त्रीलाई ज्ञानपत्र

२३ भर्दौ,नेपालगन्ज / बाढीका कारण बर्षेनी समस्या झेल्दै आएका बाकेको राप्तीसोनारी गाउंपालिकाकाका जोखिमयुक्त बस्तीहरुलाई सुरिक्षत ठाउंमा सार्न नेकपा एमालेले माग गरेको छ । 

एमाले राप्ती.सोनारी गाउ पालिकाका इन्चार्ज सुर्य ढकाल नेतृत्वको टिमले शुक्रबार बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सीं. मार्फत प्रधानमन्त्रीलाई ज्ञानपत्र बुझाउदै उक्त माग गरेको हो ।
अविरल वर्षाका कारण राप्ती नदी र खहरे खोलाको बहाव अत्याधिक बढेको र सिक्टा सिचाईको मुल नहर फुट्न जँदा राप्ती सोनारी गाउँपालिकाका अधिकांश वडा वस्तीमा राप्ती नदीको पानी पसेर ठुलो मात्रामा धनसम्पत्ती र मानविय क्षती भएको थियो ।

उक्त पार्टीले बाढीपीडित घरपरिवारको दिगो समस्या सामाधानको लागि उच्च जोखिममा रहेका बस्तीको उचित  स्थानमा स्थानान्तरण गराउनु पर्ने,  राप्ती सोनारी गाउँपालिकाम्ँ सम्पूर्ण कच्ची घर भएका घरधुरीलाई पक्की र बाढिप्रभावरहित घर निर्माणको लागि पर्याप्त सामाग्री उपलब्ध गराउनु पर्नेमा जोड दिएको छ ।

साथै हाल संकलन भैरहेको बाढीपीडितहरुको तथ्यांक त्रुटिपुर्ण पाईएकोले सच्याई पुनः तथ्याङ्क संकलन हुनु पर्ने ,  बाढीले क्षती भएका सम्पूर्ण घर लागत स्टिमेट गर्न प्राविधिक विज्ञ टोली खटाईनु पर्ने, बाढीबाट विस्थापित भएका सम्पूर्णलाई व्यवस्थित नमूना वस्ती विकास गरि उनिहरुको दिगो , विकास र जिविकोपार्जनको व्यवस्था गर्नु पन, बाढीबाट प्रभावित भएका महिला, बालिबालिका, अशक्त, अपाङ्ग, वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य उपचार गराउनु माग गरिएको छ ।