नेपालगञ्जको पुष्पलाल चौक नजिकै पाँचवटा पसलमा आगलागि,करिब ५१ लाखको क्षति

२५, भदौ, नेपालगन्ज /नेपालगञ्जको पुष्पलाल चौक नजिकै आइतबार दिउसो ४ बजे सुर्खेतरोडमा आईतबार साँझ आगलागी हुँदा ५ वटा पसल जलेर नष्ट हुँदा ५१ लाखको क्षति भएको छ । 

पुष्पलाल चोकदेखि उत्तरमा रहेको अम्बे अटो पार्टस मोटरसाईकल ग्यारेजबाट सुरु भएको आगोले संगै रहेका अन्य ५ पसल जलेर नष्ट भएको हो ।
अरुणकुमार श्रेष्ठको घरमा रहेको अम्बे अटो पाटर्समा मोटरसाईकल रिपेरिङ्ग गर्दैगर्दा सल्केको आगोले रितु किराना पसल, न्यू सुर्खेती रेष्टुरेन्ट, बराल रिकन्डिशन हाउस र अन्सारी अल्मुनियम डेकोरेशन समेतलाई जलेर नष्ट भएको छ ।
आगो करिब १ घण्टापछि नेपालगन्ज उप–नगरपालिका र कोहलपुर नगरपालिकाको दुईवटा दमकल, प्रहरी, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले जानकारी दिनुभएको छ  । तामाङ्गले सो घटनामा करिब ५१ लाखको क्षति भएको प्रारम्भीक विवरण आएको बताउनु भएको छ ।