कैलाश मानसरोवर जाने प्रर्यटकहरुको कारण नेपालगञ्जको पर्यटन ब्यवसायमा वृद्धि

२३ असोज,नेपालगञ्ज/ कैलाश मानसरोवरप्रतिको आकर्षणसँगै पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जको पर्यटन व्यवसाय फस्टाउँदै गएको छ। मानसरोवर दर्शन गर्न जाने भारतीय पर्यटकको संख्यामा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ। पर्यटकको चाप बढेपछि काठमाडौं-नेपालगञ्ज हवाइ उडानमा समेत वृद्धि गरिएको छ। 

नेपालगञ्जमा सुविधासम्पन्न चारतारे होटल खुलेका छन्। तीन वर्षको अवधिमा सिटी प्यालेस, सिग्नेट कृष्णा, कलपत्रु जस्ता सुविधासम्पन्न होटल लगायत करिब एक दर्जन साना होटल थपिएका छन्। नेपालकै चर्चित सोल्टी ग्रुपले पनि नेपालगञ्जमा होटल सञ्चालनको तयारी थालेको छ।

यहाँका होटल हरेक दिन करिब ६ सय पर्यटकलाई स्तरीय सुविधा दिन सक्षम भइसकेका छन्। नेपालगञ्जबाट हवाइ मार्ग हुँदै हुम्लाको सिमीकोट र चीनको ताक्लाकोट भई भारतीय पर्यटकहरु कैलाश मानसरोवर दर्शन गर्न जाने क्रम बढेकाले पनि व्यवसायमा सन्तुष्टि थपिएको सिद्धार्थ होटेका म्यानेजर केशव न्यौपानेले बताए।

?

गत वर्ष करिब ९ हजार पर्यटक नेपालगञ्जबाट सिमीकोट हुँदै कैलाश मानसरोवर पुगेका थिए। यो वर्ष करिब १३ हजार पर्यटकले मानसरोवर दर्शन गरेका छन्। गरिसकेका छन। यो क्रम अझै जारी रहेको छ । करिब ७ हजार पर्यटक काठमाडौंबाट हवाइयात्रा मार्फत आएका थिए भने करिब ७ हजार भारतको लखनउ-रुपैडिया हुँदै नेपालगञ्ज आइपुगेका थिए। कैलाश मानसरोवर दर्शन गर्नेमध्ये ९९ प्रतिशत भारतीय पर्यटक छन्।

थपियो उडान
भारतीय पर्यटक बढेपछि काठमाडौंबाट नेपालगञ्जका लागि दैनिक करिब १० वटा उडान हुन थालेका छन्। यस्तै, नेपालगञ्जबाट हुम्लाको सिमीकोटका लागि दैनिक १६ वटासम्म उडान हुने गरेको छ।

बैसाख अन्तिम सातादेखि असोजको पहिलो सातासम्म भारतीय पर्यटकको चाप बढेको सौर्य एयरलायन्स नेपालगञ्जका स्टेशन म्यानेजर भोजराज शाहीले बताए। नेपालगञ्जबाट सिमीकोटका लागि गोमा र तारा एयरले दैनिक ४ देखि १६ वटासम्म उडान भर्दै आएका छन्। 

हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको आस्थाको धरोहरको रुपमा रहेको कैलाश मानसरोवरप्रति पछिल्लो समय आकर्षण बढेको छ। मानसरोवरको जल स्पर्श मात्रै गर्न सके पनि मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ।

यस क्षेत्रकै पहिलो राही मार्ट प्रा.लि.द्धारा सञ्चालित डिपार्टमेन्ट स्टोर, नेपालगञ्जको धम्बोजी चौकमा सञ्चालनमा आइसकेको छ। एउटै छातामुनि सम्पूर्ण घराइसी समानहरु,उच्च गुणस्तरीयका साथ,सुपथ मुल्यमा उपलब्ध रहेको सहर्ष जानकारी गराउदै, ग्राहक महानुभावहरुमा सेवाका गर्ने मौंका दिनहुन हार्दिक अनुरोध गर्द छौ। राही मार्ट प्रा.लि.