दैलेखमा ज्याला नपाएको निहुँमा दम्पतीको हत्या

३०असोज,दैलेख/ ज्याला नपाएको भन्दै दैलेखमाएक युवकले छिमेकी दम्पतीको हत्या गरेका छन् । भगवतीमाई गाउँपालिका वडा नम्वर ७ बडाभैरव लामातडाका २१ वर्षीय खेमराज भन्ने मोहन खड्काले छिमेकी ४० वर्षीय जयबहादुर सिंह र उनकी श्रीमति ३९ वर्षिय कमलाको गएराति हत्या गरेका हुन् । 

गएको हिउँदमा लगाएको कामको ज्याला दिन्छु भन्दै पटक पटक झुक्याएकाले त्यही रिसको झोकमा दम्पत्तीको हत्या गरेको बताइएको छ । प्रहरीमा खेमराजले दिएको बयानमा दशैंमा समेत पैसा नि नदिएको भनेर सोध्दा दम्पती मिलेर आफुमाथी आक्रमण गर्न थालेको र आफ्नो ज्यान बचाउन आफुले उनीहरुकै हँसिया खोसेर प्रतिकार गर्दा ज्यान गएको बताएका छन् । झगडा छुट्टयाउन गएका जयबहादुरका १५ वर्षिया छोरा दीपक सिंह पनि गम्भिर घाइते भएको र उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।