बांके प्रहरी द्धारा १ थान कटुवा पेस्तोल,५ग्राम ब्राउनसुगर,१ बलात्कारी,३६जना जुवाडे र ६५ किलो पटका पक्राउ

३१ असोज,नेपालगञ्ज/ नेपाल-भारत सिमा क्षेत्रका केही स्थानिय जानकार प्रहरी जुनियर अधिकृतको प्रयोग गरी केही प्रहरी अधिकारीले बिभिन्न गैर कानुननी कारोबारमा संलग ब्यक्तीबाट पैसा उठाउने गरेको आरोपको जानकारी हाम्रोसंरनामा जानकारी गराइरहेको बेला बांके जिल्ला प्रहरी कार्यालय बांकेले भने आफुले गरेको प्रगती पारदर्शिता गदै आएको छ ।

सोही क्रममा सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले अवैध कटुवा पेस्तोल सहित तीन जनालाई नेपालगञ्जको पुरैनीबाट पक्राउ गरेको जानकारी दिएको छ ।   २० हजार रुपैयाँमा अवैध पेस्तोल किनबेच भइरहेको अवस्थामा बाँके प्रहरीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बताएको छ । पक्राउ परेका अभियुक्तहरुलाई हतियार तथा खर-खजाना ऐनअनुसार कारबाही गर्ने तयारी भइरहेको छ।  

खुला सीमानाका कारण लुकाइ-छिपाई साना हतियार नेपालगञ्जमा भित्राएर आपराधिक घटना गराउने गिरोह बाँके जिल्लाको सुरक्षा चुनौतीको रुपमा रहेका छन्। नजिकिँदै गरेको दीपावली तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरी सुरक्षा कडा पारिएको बाँकेका प्रहरी उपरिक्षक टेकबहादुर बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा सो घटनाको जानकारी दिदै बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ्गले बिशेष सुचनाका  आधारमा  नेपालगन्ज–२२ पुरैनीबाट कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको बताउनु भयो ।
पक्राउ पर्नेहरुमा नेपालगन्ज–२२ श्यामता लोनिया, डुडुवा गाउपालिका–३ सुलाल पुरुवा बस्ने बाबुलाल पासी र डुडुवा–८ भुन्डुपुरुवाका शेर अली बागवान रहेका छन ।

जुवातास खेल्ने ३६ जना प्रहरी नियन्त्रणमा

पर्वहरुको बाहना पारेर जुवातास खेल्ने विभिन्न ५ स्थानबाट जुवातास खेल्ने र खेलाउने गरी ३६ जनालाई नियन्त्रणमा लिदै उनीहरुबाट ६ लाख ३९ हजार २ सय ३ नगद रुपैया र जुवा तास खेलाउन प्रयोग हुने तास लगायतका सामाग्री बरामद गरेको छ ।

?

कोहलपुरबाट ५ ग्राम ब्राउनसुगर सहित ३ जनालाई नियन्त्रणमा

प्रहरीले बाँकेको कोहलपुरबाट ५ ग्राम ब्राउनसुगर सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जानकारी दिएको छ ।  कोहलपुर–९ पिपरी नजिकैबाट कोहलपुर–१० का शंकर थारु, कोहलपुर–९ को २० वर्षको जेके चौधरी र वडा नं. ८ को १४ वर्षिय विपी लामालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको हो ।

फरार दोषि प्रहरी नियन्त्रणमा

बलात्कारको घटनामा दोषि रही अदालतबाट दोषि करार भई घटनाको दिनदेखि नै फरार रहेका बाँके बनकटवा जिगाउका विजय सुनारलाई गत २८ गते नियन्त्रणमा लिएर अदालतमा पेशगरी कारागार पठाईएको छ । सुनारलाई बलात्कारको घटनामा संलग्न रहेर दोषि करार गर्दै ४ वर्ष ११ महिना ६ दिन कैद सजाय तोकिएको थियो । 

६५ किलो पटका नियन्त्रणमा

तिहारको अवसर पारेर जिल्लाका विभिन्न स्थानबाट लुकाई छिपाई ल्याईएको करिव ६५ किलो पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । उनले बाँके बर्दियाको सिमाना मानखोलाबाट नेपालगन्ज ल्याउदै गरेको दुईबोरी लसुनबम सहितको पटाका प्रहरीलाई देख्ने बित्तिकै छाडेर भागेको अवस्थामा बरामद गरीएको प्रहरी उपरीक्षक एसपी तामाङ्गले बताउनुबताउनु भयो ।
विभिन्न नाकाबाट घरायसी प्रयोजनको लागि ल्याईएको पटाका करिव ५ बोरी सहित गरी ७ बोरा पटाका विभिन्न क्षेत्रका प्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको छ । भारतबाट भन्सार छलेर शरिरमा लुकाई ल्याउदै गरेको अवस्थामा ७० पिस बच्चाको टिसर्ट नियन्त्रणमा लिएर आवश्यक कारवाह्ीको लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको जानकारी दिए ।