बर्दियामा १९ हजार २ सय ८९ जना मतदाता बढेर २ लाख ७२ हजार ४ सय ७७ पुगे

८ कात्तिक नेपालगञ्ज/ आगामी मङ्सिर २१ गते हुने  प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनका लागि बर्दियामा २ लाख ७२ हजार ४ सय ७७ मतदाता रहेका छन ।

  • बर्दियाको क्षेत्र नम्बर १ मा : १ लाख ३९ हजार ३ सय ६२ मतदाता र
  •  क्षेत्र नम्बर १ को प्रदेश क निर्वाचन क्षेत्रमामा ७० हजार १ सय ९३ र   निर्वाचन क्षेत्रमा ६९ हजार १ सय ६९ मतदाता छन्।

त्यसैगरी  

  • क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार २ सय १५ मतदाता  रहेका छन ।
  • क्षेत्र नम्बर २ को प्रदेश क निर्वाचन क्षेत्रमा ७० हजार ९सय५५ र  निर्वाचन क्षेत्रमा ६२ हजार १सय६० मतदाता रहेका छन्।

भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएसँगै बर्दियामा मतदाता १९ हजार २ सय ८९ जना मतदाता संख्या बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले बताउनु भएको छ ।

स्थानीय तह निर्वाचनमा १ लाख २८ हजार २ सय १८ महिला, १ लाख २४ हजार ९ सय ६५ पुरुष र पाँच अन्य गरी २ लाख ५३ हजार १ सय ८८ मतदाता संख्या रहेकामा भदौ ५ गतेसम्म मतदाता नामावली दर्तापछि मतदाता संख्या वृद्धि भएर २ लाख ७२ हजार ४ सय ७७ पुगेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बर्दियामा पुरुष मतदाताभन्दा महिला मतदाता बढी छन्। वैदेशिक रोजगारीका कारण अधिकांश पुरुषहरू फोटोसहितको मतदाता नामावली दर्ता गर्न छुटेका कारण महिलाको संख्या बढी भएको हुन सक्ने बताइएको छ।  कार्यालयको पछिल्लो तथ्यांकअनुसार बर्दिया प्रतिनिधिसभा

त्यस्तै,  बर्दियामा ६ वटा नगरपालिका र दुईवटा गाउँपालिका गरी ८ वटा स्थानीय तह छन्। बर्दियामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा क्षेत्र कायम भएको छ।