नेपाल तयारी कपडा, ब्याग, जुत्ता–चप्पल तथा खुद्रा ब्यापारी संघको आयोजनामा बृहत रक्त दान कार्यक्रम

१२ कात्तिक, नेपालगञ्ज/ नेपालगञ्ज उद्योग वाणिज्य संघको २५/२६ औं बार्षिक साधरण सभाको उपलक्ष्यमा बृहत रक्त दान कार्यक्रम पनि सम्पन्न गरिएको छ । 
नेपाल तयारी कपडा, ब्याग, जुत्ता–चप्पल तथा खुद्रा ब्यापारी संघको आयोजनामा सिदार्थ कटेजमा शनिबार नै आयोजना गरिएको उक्त दान कार्यक्रममा बिभिन्न क्षेत्र तथा ठाउंका दर्जनौं ब्यक्तीहरुले रक्तदान गर्नुभएको संघका सचिव हिमनाथ पौडेलले जानकारी दिनु भएको छ ।
रक्त दान जिवन दान भएकाले नेपालगञ्ज उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानी राणा र संघका अध्यक्ष भिम राणाभाटको उपस्थितमा उक्त रक्तदान कार्यक्रममो आयोजना गरिएको थियो ।