चितवनको टिकौलीमा बस र तेलको ट्याङ्कर ठोक्किदा १५ घाइते, ४ को अवस्था गभ्मिर

२६ कात्तिक,चितवन/  रत्ननगर नगरपालिका स्थित टिकौलीमा आइतबार बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किदा १५ यात्रु घाइते भएका छन्। दुर्घटनामा परेर घाइते भएका मध्ये ४ जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना २ ख ४२२६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २२०० नम्बरको तेल टुयांकर एक आपसमा ठोक्किदा दुर्घटना भएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए। दुर्घटनामा बसका चालक राप्ती ६ का राजकुमार तामाङ, यात्रुहरु रत्ननगरकी सवनम खातुन, मखमली धिमाल र खैरहनीका हरि गिरीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाईते भएकाहरुको अहिले भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार कजेल अफ मेडिकल साईन्सेज शिक्षाण अस्पताल भरतपुरमा ३ जना, चितवन मेडिकल कलेजमा ११ जना र एकजनाको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ।