यसलाई यसरी गर्नुहोला मतदान,नमुना मतदानको पोष्टर सहित

१८ मंसिर,नेपालगञ्ज/  हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा निर्वाचन हुन अब २ दिन मात्र बांकी छ । पहिलो पटक हुन गइरहेको संघिय र प्रदेश सभा सदस्य पदको निर्वाचनको लागी अमुल्य मत दान गरेर राष्ट्र निर्माणमा सबल निति र कार्यक्रम बोकेका सक्षम उम्मेदवार चुन्न मतदाताहरु बिस्तारै सक्रिय भइरहेकोे अवस्थामा मतदाताका लागी हामीले आवश्यक जानकारी यहा पस्केका छौ ।

यस पटको निर्वाचनमा एउटै मतदान केन्द्रमा एउटै लाइमा क्रमश ३ वटा मतपत्र र ३ ठाउमा मतदान  गरेर अलग –अलग ३ वटा बाकसमा खसाउनु पर्दछ ।

यसैगरी गएको भदौ ५ गते सम्म मतदाता नामावलीमा मतदाता नामावलीमा नाम समाबेश भएका ब्यक्तीले मतदाता परिचय पत्र लिएर आई मतदान गर्ने ब्यवस्था गरिएको छ ।

मतदाता परिचय पत्र स्थानिय निर्वाचनमा बितरण गरिएको परिचयपत्रको आधारमा मत दान गरिने भएकाले सोही परिचय पत्रको आधारमा मतदान गर्न सकिन्छ । तर पहिले लिएर हराइसकेको भए आफनो परिचय खुल्ने सरकारी जस्तो नागरिक्ता, मालपोत, लाइसेन्स जस्ता परिचय पत्र भएमा मतदान गर्न सकिेन्छ ।

मतदान केन्द्रमा मतदानको २ दिन अगाढी भोली मंगलबार देखी नया मतदाताका लागी परिचय पत्र बितरण गर्ने गरि निर्वाचन आयोगले ब्यवस्था गरेको छ । मतदातालाई मतदानको बिधि र प्रक्रिया जानकारी गराउने उदेष्यले हामीले यहां केही आवश्यक जानकारी पस्केका छौ ……..

मतदान गर्न कहां जाने, त्यहां को–को हुन्छन ? 

मतदानको लागि निश्चित मतपत्र, मतदान गर्ने समय निर्वाचन आयोगले तोकेको मंसिर १० गते र तराइकाजिल्लामा मंसिर २१ गते बिहान ७ बजे देखी सांझको ५ बजे भित्र सम्म मतदान केन्द्र भित्र पुगेमा मतदान गर्न पाइन्छ । 

 मतदान गर्नको लागि हरेक वडामा कम्तीमा एउटा मतदान केन्द्र रहने गरी मतदान स्थल र केन्द्रको व्यवस्था गरिएको छ  ।  एउटा मतदान स्थलको क्षेत्रभित्र आवश्यकता अनुसार एक वा एकभन्दा बढी मतदान केन्द्र, उपकेन्द्र वा मतदान कक्षहरु रहन सक्छन् ।

 कर्मचारी —हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र आवश्यक सङ्ख्यामा अन्य कर्मचारीहरुको व्यवस्था गरिएको हुन्छ ।

मतदान केन्द्रमा प्रवेश गर्न पाउनेहरु

 महिला पुरुष मतदाताका लागि अलग अलग लाइन बस्ने व्यवस्था मिलाउने,

 अशक्त मतदाताको लागि विशेष व्यवस्था मिलाउने,

 मतदान प्रतिनिधिहरुको लागि बस्ने व्यवस्था मिलाउने,

 उपयुक्त स्थानमा सुरक्षाकर्मी खटाउने र नाम रुजु गर्ने, तथ्याङ्क फाराम भर्ने, नङ्मा मसी लगाउने, मतपत्र दिने लगायतका कर्मचारीलाई सहज कार्य सम्पादनका लागि आवश्यक व्यवस्था गर्नुपर्छ ।

 मतदाताहरुले उम्मेदवार वा निजकोे एकजना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,

 आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,

 आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति,

 महिला मतदाताको साथमा रहेको बढीमा पाच वर्षको बालक,

 दृष्टिविहीन वा शारीरिक रुपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्य ।

कसरी गर्ने मतदान ? मतदानको चरणहरु कस्तो गरिएको छ…….. 

 महिला र पुरुषको लागि तोकिएको अलग अलग लाईनमा लाग्ने,

 मतदाताले परिचयपत्र देखाएर आप्mनो नाम मतदाता नामावलीमा छ छैन भनी रुजु गराउने र नामावलीमा नाम भएको यकीन गरेपछि कर्मचारीले मतदाताको नाममा रेजा लगाउने,

 मतदाताको महिला पुरुषको तथ्याङ्क राख्ने, बाया हातको बुढी औलाको नङ र मासुको जोर्नीमा पर्ने गरी नमेटिने मसी भएको मार्करले चिनो लगाउने,

 मतदातालाई प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि हरियो रंगमा चिन्ह भएको मतपत्र दिने,

 मतसङ्केत गर्ने पहिलो गोप्य कक्षमा गई प्रतिनिधि सभा सदस्यका लागि एक चिन्हमा मतसंकेत गरी मसी नलत्पतिने गरी पट्याएर पहिलो मतपेटिकामा खसाउने ।

 प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको कालो रंगमा चिन्ह भएको मतपत्र दिने,

 मतसङ्केत गर्ने दोस्रो गोप्य कक्षमा गई प्रदेश सभा सदस्यका लागि एक चिन्हमा मतसंकेत गरी मसी नलत्पतिने गरी पट्याएर दोस्रो मतपेटिकामा खसाउने,

 त्यसपछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनका लागि रातो रंगमा चिन्ह भएको मतपत्र दिने,

 मतसङ्केत गर्ने तेस्रो गोप्य कक्षमा गई मतपत्रको माथिल्लो भागमा रहेको मतपत्रमा प्रतिनिधि सभा सदस्यका लागि रहेका राजनीतिक दलका चिन्हमध्ये कुनै एक चिन्हमा र तल्लो भागमा रहेको मतपत्रमा प्रदेश सभा सदस्यका लागि रहेका राजनीतिक दलका चिन्हमध्ये कुनै एक चिन्हमा मत संकेत गरी मसी नलत्पतिने गरी पट्याएर तेस्रो मतपेटिकामा खसाउने,

 बाहिर लेखिएको स्थानबाट मतदान केन्द्रदेखि बाहिर जाने ।

मतपत्रको ढांचा र मतदान गर्ने तरिका… 

 

संघिय सभा सदस्य पदको लागी नमुना मतपत्र
प्रदेश सभा सदस्य पदको लागी नमुना मतपत्र
समाुपातीक संघिय तथा प्रदेश सभा सभा सदस्य पदको लागी नमुना मतपत्र

 एक जना मतदाताले समानुपातिक तर्फको मतपत्रको माथिल्लो खण्ड र तल्लो खण्डमा एक एक छाप गरी कुल २ छाप लगाउनुपर्छ ।

 पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मतपत्रमा सेतो भुइमा हल्का हरियो रङ्गका चिन्ह हुन्छन् । यसमा निश्चित उम्मेदवारलाई मतदान गर्नुपर्छ

 समानुपातिक मतपत्रमा सेतो भुइ“मा रातो रङ्गका चिन्ह हुन्छन् । यसमा राजनीतिक दललाई मतदान गर्नुपर्छ ।

 मतपत्रमा स्वस्तिक छाप स्पष्टसंग देखिने गरि लगाउनु पर्दछ ।

 मतपत्रमा मतदान गरेपश्चात् सही तरिकाले पट्याएर सो मतपत्रलाई तोकिएको मतपेटिकामा खसाल्नुपर्छ । मतपत्र बदर हुने अवस्था

 सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएकोे,

 निर्धारित छाप बाहेक अन्य चिन्ह, औ“ठाछाप वा छाप लगाई मत सङ्केत गरिएको,

 मत सङ्केत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको,

 उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मतसङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,

 मत सङ्केत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिइएको,

 कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत नगरिएको,

 आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,

 मतपेटिका भन्दा बाहिर राखिएको मतपत्र,

 एउटा मतपेटिकामा खसाल्नुपर्ने मत अर्को मतपेटिकामा खसाल्ने ।
मतदान कर्मचारी निर्वाचनमा आवश्यक सामग्रीको सूची मतदान अधिकृतसहायक मतदान अधिकृतमतदाता नामावली रूजुकर्तामतपत्र दिने कर्मचारीनङमा मसी लगाउनेतथ्याङ्क फाराम भर्नेसुरक्षाकर्मीस्वयंसेवक मतदाता नामावली, मतपत्र, मतपेटिका, सील, स्वस्तिक छाप, स्ट्याम्प प्याड, सलाई, सेतो कपडा, लाहाछाप, डोरी लगायतका आवश्यक सामग्रीहरू,मुचुल्काको नमूना फारामहरू,  तेरिजको नमूना फारामहरू,सूचना प्रकाशन नमूना फारामहरू,विजयी प्रमाणपत्रको नमूना ।