हाम्रो संरचना शुक्रबार, साउन ३, २०७६ 497 Views

३ मंसिर,नेपालगञ्ज/ यस बर्षको ‘मिस वल्र्ड २०१७’को उपाधि छिमेकी राष्ट्र भारतकी मानुषी छिल्लरले जितेकी छिन् । उनले विश्वभरबाट आएका १ सय १७ देशका सुन्दरीलाई उछिनेर भारतकी सुन्दरी मानुषीले ६७ औं मिस वल्र्डको उपाधि  ताज पहिरिएकी हुन् । 

चीनमा आयोजना भएको ‘मिस वल्र्ड २०१७’को फस्ट रनरअपको उपाधि भने मेक्सिकोकी सुन्दरी एन्ड्रेया मेजाले जितिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि वेलायतकी स्टेफेनिया हिलले जितन् ।

नेपालकी सुन्दरी निकिता चन्दक भने उत्कृष्ट ४० मा पर्न सफल भइन् । उनी, पपलुर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन् । हरियणाकी मनुषीले यो बर्षको ‘फेमिना मिस इन्डिया’को उपाधि जितेकी थिइन् ।

मेडिकल विधामा अध्ययन गरिरहेकी मनुषीले १७ बर्षपछि भारतलाई ‘मिस वल्र्ड’को उपाधि जिताएकी हुन् । यसअगाडि नायिका ऐश्वर्य राय र प्रियंका चोपडाले यो उपाधि जितेका थिए । मानुषीको जन्म सन् १९९७ मे महिनाको १४ तारिखमा भएको हो ।