बांके र डोटीमा रक्सी बिक्री बितरण बन्द गर्ने निर्णय

१३ मंसिर, नेपालगञ्ज/ जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय बैठकले मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको अवधीमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । 

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेक बहादुर तामाङ,नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्द लाल बैश्य तथा मदिरा ब्यवसायी संघका सम्पूर्ण कार्यसमिति बीच बसेको बैठकले शान्तीपूर्ण निर्वाचन सम्पन्न गराउन मंसिर १७ गते देखी सबै किसिमका मदिरा बिक्रीमा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकमा मंसिर ११ देखी नै साझ ८ बजे पछी मदिरा पसल बन्द गरिसक्नुपर्ने र मंसिर १७ गते देखी निर्वाचनको परिणाम नआउनजेल मदिरा पसल बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णय पालना गर्न गराउन मदिरा ब्यवसायी संघ बांके मार्फत अनुरोध पनि गरिेको छ ।
मदिरा ब्यवसायी संघले पनि एक सुचना मार्फत प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै सम्पूर्ण मदिरा ब्यवसायीहरुले आ आफ्नो ब्यवसाय ११गतेका दिन देखि आ आफ्नो मदिरा पसल बेलूकी ८ बजे सम्म मात्र बिक्री बितरण गर्नु हुन र मंसिर १७ गतेका दिन देखि मतगणना अवधी भरि बन्द राखि निर्णयको पालना गरीदिनुहुनका मदिरा ब्यवसायी संघ बाँके हार्दिक अनुरोध गरेको जनाएको छ ।

त्यसैगरी डोटीमा पनि रक्सी विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा मंगलबार राजनैतिक दलका नेता, होटेल व्यवसायी, उद्योग बाणिज्य संघ,सुरक्षाकर्मी र पत्रकार सहित बसेको सर्वपक्षिय वैठकले डोटीमा मंसिर १५ गतेदेखी मंसिर २९ गतेसम्म रक्सी विक्री वितरण नगर्ने निर्णय गरेको हो ।
मदिराका कारण आसन्न चुनावमा असर पर्ने देखिएकाले रक्सी विक्री वितरण पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘चुनावको समयमा रक्सी खाएर झै झगडा लगायतका अन्य घटना हुनसक्ने भएकाले हामीले सवैको रोहवरमा रक्सी १४ दिनका लागि विक्री वितरण बन्द गर्ने निर्णय गरेका छौ ।’

सर्वपक्षिय गरिएको निर्णयलाई कसैले उल्लंघन गरि रक्सी विक्री वितरण गरेमा वा रक्सी खाएर सार्वजनिक स्थानमा होहल्ला गरेमा तत्कालै पक्राउ गरि कानुनी कारवाहि गरिने समेत निणर्य गरिएको छ ।