पश्चिम नेपालमा मौसम बदली, उच्च पहाडी क्षेत्रमा हिउं र तराईमा हल्का बर्षाको सम्भावना

१९ मंसिर, नेपालगञ्ज/  नेपालको र मध्य तथा सूदूर पश्चिमी भागको आकाशमा मौसमी बदली भएको छ । अरब सागरमा शक्तिशाली (साइक्लोन) नाम सामुद्रीक चक्रवात उत्पन्न भएको का कारण मौसमी बदली भएको हो ।

Fog seen after light shower in the capital on Sunday. January 1, 2017. PHOTO/SANJOG MANANDHAR

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसम विद् मीनकुमार अर्यालका अनुसार शक्तिशाली चक्रवातको बाहिरी घेराले फ्याँकेको शक्तिशाली वायुले बादल बनाएपछि सूदूर र मध्यपश्चिमका मध्यपहाडी र हिमाली क्षेत्रमा बदली भएको हो ।

‘भारतको पश्चिम उत्तर हुँदै नेपाल प्रवेश गरेको जल वाष्पयुक्त वायुका कारण मौसममा बदलाब आएको र यसका कारण हिमाली क्षेत्रमा हिमपातसंगै वर्षा हसन सक्ने बताइएको छ ।

भारतको राजस्थान,बिहार लगायतका क्षेत्रमा तीन दिनदेखि चक्रवातको प्रत्यक्ष असर देखापदै आएको छ ।
नेपालमा सोमबार बिहान देखि सुरु भएको चक्रवात प्रभावशाली हुने र त्यो वायुसंगै पानीको मात्रा पनि हुने भएकाले क्षणभरमै बादल उत्पन्न भएर मौसममा बदलाब आउँछ ।

सोमबार बिहान सूदूरपश्चिम हुँदै प्रवेश गरेको उक्त वायुले एकै दिनमा मध्य पश्चिमी क्षेत्रहुदैमध्ये नेपालको भाग सहित पूर्वी क्षेत्रमा बुधवारसम्म असर निम्त्याउने बताइन्छ ।’

चक्रवात संगै पश्चिम वायुको समेत प्रभाव देखिएकाले मौसममा बदलाब हुनेमौसमविदहरुको विश्लेषण छ । चक्रवातले काठमाडौं सहित पूर्वी भागसम्मै बादल लाग्न सक्ने छ घने । मध्य र पूर्वी भागमा वर्षाको संभावना न्यून भएपनि चिसोको मात्रा भने बढ्ने मौसमविद्हरु बताएका छन ।

चक्रवातका कारण उत्पन्न बदलावका कारण उच्च हिमाली क्षेत्रमा पर्वतारोहणमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले सचेत रहन महाशाखाले विशेष बुलेटिन निकालेर सर्वसाधारण र पर्यटन व्यसायीहरुलई सचेत गराएको छ ।

उच्च हिमाली भागमा सोमवार रातीदेखि नै हिमपात हुनेछ भने मंगलवारदेखि सूदूर र मध्य पश्चिम क्षेत्रमा हिमाली र मध्यपहाडी क्षेत्रमा वर्षा सहित हिमपात हुनेछ । बुधवार पनि पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्ययम खालको हिमपात जारी रहनेछ ।