हाम्रो संरचना बुधबार, भदौ ४, २०७६ 177 Views

३पुस,ललितपुर/ललितपुर जिल्ला अदालतको २०७३ चैत ११ गतेको फैसलाले ठगी मुद्दामा जनही १ बर्ष कैद र ६७ लाख १६ हजार ६ सय ३१ रुपैयाँ ७५ पैसा जरीवाना हुने ठहर भई फरार रहेका २ जना प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले काठमाडौंको कीर्तिपुरबाट आइतबार पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा काठमाडौं साविक विष्णु गाबिस–५ घर भई काठमाडौंको कीर्तिपुर–१८ बस्ने ३७ वर्षीय सुरज विष्ट र काठमाडौंको साविक विष्णु गाबिस–४ बस्ने ३६ वर्षीय सुनिता बिष्ट (खड्का) रहेका छन् ।
प्रतिबादी सुरज समेतका संचालकले बाग्मती सहकारी संस्था र मञ्जुश्री सहकारी संस्थालाई मर्ज गरेको भनी २ सय ८ जना सर्वसाधारणको उक्त संस्थामा जम्मा भएको निक्षेप रकम ३ करोड २६ लाख ६६ हजार ७ सय ९० रुपैयाँ फिर्ता नगरी उक्त सहकारी संस्था बन्द भयो भनि ठगी गरी सम्पर्क बिहिन भएका थिए ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि प्रतिवादी सुरजलाई कारागार कार्यालय नख्खु ललितपुर र प्रतिवादी सुनितालाई केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवल पठाइएको छ ।