कोहलपुर नगरपालीका क्षेत्रमा गुटका प्रतिवन्ध ! विक्रि र सेवन गरेको पाएमा कारवाहि गरिने

# रबिन्द्र सिह ठकुरी #

१० पुस नेपालगञ्ज/ कोहलपुर नगर क्षेत्रलाई सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणा गरिएको छ । पौष १०, बाके कोहलपुर नगरपालिकाले सोमवार एक कार्यक्रमको आयोजना गरि कोहलपुर नगर क्षेत्रलाई सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणा गरेको हो । 

सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणासँगै अव विक्रिवितरण र सेवन गरेको पाइएमा नगरपालिकाले प्रचलित कानुन वमोजीम दण्ड जरिवानासँगै कारवाहि गर्ने छ ।

स्वच्छ र हरित नगरिको रुपमा नगर क्षेत्रलाई विकास गराउन गुट्काजन्य पदार्थको निषेधकालागी नगरपालिकाले कार्य थालेको कोहलपुर नगरपालिकाका मेयर लूट बहादुर रावतले जानकारी दिनुभएको छ ।

मेयर रावतले सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणा भएको मितिले सात दिन सम्म ब्यवस्थापनका लागि समय प्रदान गरिएको छ । त्यस पछि सुर्तिजन्य पदार्थ (गुटका) को विक्रि वितरण र सेवन गरेको पाएमा प्रचलित कानुन वमोजीम दण्ड जरिवानासँगै कारवाहि प्रक्रियामा नगरपालिका जान्छ ।

कोहलपुर नगरपालिकाको प्रथम नगर सभाबाट पारित प्लाष्टिकजन्य पदार्थको नियन्त्रण गर्न गुट्काको उत्पादन उपभोग र बिक्रिबितरण गर्ने कार्यमा पूर्ण बन्देज गर्ने निर्णयलाई कार्यान्वयन गर्न नगरपालिकाले गुट्का निषेधित क्षेत्र घोषणा गरेको नगरका मेयर रावतको भनाइ छ ।

नगरपालिकाले सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणा भएको मितिले सात दिन सम्म यवस्थापनका लागि दिएको समय पछि अटेर गरेर नगर क्षेत्र भित्र बितरण भएको पाएमा पहिलो पटक सचेत गराउने र दोस्रो पटक भेटिएमा ५ सय जरिवाना गर्ने नगरपालिकाले जनाएको छ ।

यसै गरि पटक पटक अटेर गरेको पाइएमा तेस्रो पटक १ हजार,चाथौ पटक पनि भेटिएमा नगरपालिकावाट प्रदान गर्ने सेवा सुविधावाट बञ्चित समेत गरिने छ । पाँचौं पटक भेटिएमा अन्य सरकारी कार्यालयबाट पाउने सेवासुविधाबाट समेट बञ्चितका लागि नगरपालिकाले पत्राचार गर्ने जनाएको छ ।

सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणाको स्वागत गर्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले घोषणलाई कार्यान्वयनमा नियमन गर्न नगरपालिकालाई आग्रह गरे । नगरपालिकाकोे सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणालाई प्रभावकारीरुपले सहयोग गर्ने इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्ष नवराज पोख्रेले बताए ।

सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणालाई कार्यान्वयनमा सबैको उत्तिकै दायित्व रहेको बताउदै यस्ता कार्यलाई स्थानिय सरकारले निरुत्साहित गर्नु पर्ने बताउँदै उद्योग वाणिज्य संघ प्रदेश नम्वर ५ का सदस्य नरेन्द्र प्रसाद शार्मले सुर्तिजन्य पदार्थ (गुटका) निषेधित क्षेत्र घोषणाको स्वागत समेत गरे ।