बाँकेको खजुरामा दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियन सिप सुरु

१० पुस नेपालगञ्ज/ दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनसिप खेल बाँकेको साबिकको खजुरा गाँउपालीका वडा नं. २ मा पुस १२ गते बुधबार देखी सुरु हुन लागेको छ ।
देश भरी बाट करीब ९० जना खेलागीको उपस्थिती रहने यस खेलमा पश्चिमको दार्चुला देखि पुर्बको ताप्लेजुङ्गसम्मका खेलडीका उपस्थिती रहने मध्यपश्चि खेलकुद बिकास समितीका अध्यक्ष भिम वलीले जानकारी दिनुभएको छ । 
बिक्रम सम्वत २०७५ को मंसिर महिनामा आयोजना गरिने ८औँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सो खेलको आयोजना गर्न लागीएको अध्यक्ष वलीले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय एथलेटिक्स संघका केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाहले १८ बर्ष पछि हुन लागेको उक्त प्रतियोगिताका लागी खजुरा गाँउपालिकाले खेलका लागी आवश्यक भौतिक पुर्बाधार सहयोग गर्ने बिश्वास रहेकाले त्यसैका आधारमा आफुहरुले बाँकेको खजुरा गाँउपालीकालाई एथलेटिक्सको खेल खेलाउने ठाउं निर्धाण गरेको बताउनु भयो ।
अध्यक्ष राजिब बिक्रम शाहले खेलकुदको माध्यमबाट पर्या पर्यटनको बिकास होस र स्थानीय स्तरमा पनि खेल प्रतिको मोहलाई अझ प्रभाबकारी बनायनको लागी बाँकेमा अयोजना गरेको शाहले बताउनु भयो ।

कार्यक्रममा बोल्दै खजुरा गाँउपालीका का आध्यक्ष किस्मत कुमार कक्षपतीले आठौँ राष्ट्रिय खेलकुद बाँकेमा आयोना हुदै गर्दा भौतिक पुर्बाधारलाई टेवा पुग्ने हिसाबले दोस्रो जुनियर एथलेटिक्स आफ्नो गाँउपालीकामा गर्न लागीएको बताउनु भयो । उहाँले खेलकुदमा ग्रामीण स्तर देखीनै खेलाडीको पहिचान गरी उत्पादन गर्न सकेमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा राम्रो पहिचान बनाउनमा सहयोग पुग्ने उहाको भनाई रहेको थियो ।