हाम्रो संरचना शुक्रबार, जेष्ठ १०, २०७६ 584 Views

# रबिन्द्र सिह ठकुरी #

१२ पौष,नेपालगञ्ज/ दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता बुधबार देखी बाँकेको खजुरामा सुरु भएको छ ।

एथलेटिक्स च्याम्पियनसिप बाँके क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य नन्दलाल रोकायले उदघाटन गर्नुभएको छ । 

उदघाटनको क्रममा बाँके क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य नन्दलाल रोकायले प्रयास्जसो शहर केन्द्रित हुने खेलकुदहरु दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनसिप बाँकेको खजुरामा आयोजना गरिएको र शहर भन्दा भब्य र सभ्य तरिकाले खेल सम्पन्न गर्ने अबसर पाए पछि गाउंमा पनि पनि यस्ता राष्टि«य प्रतियोगिता गर्न सक्ने उदाहरणका साथ पुष्टि गरेको बताउनु भएको छ।

देश भरी बाट ९० जना खेलाडीहरुको उक्त खेलमा पश्चिमको दार्चुला देखि पुर्बको ताप्लेजुङ् जिल्ल सम्मका खेलाडीहरुका सहभागीता रहेको बाँके एथलेटिक्स संघका अध्यक्ष बिक्रम जंग थापाले जानकारी दिनुभएको छ ।
बिभिन्न ११ वटा इमेन्टहरु समाबेश गरिएको उक्तएथलेटिक्स खेल पौष १२गते देखि १४ गते सम्म सञ्चालन हुने आयोजकहरुले बताएका छन।
कार्यक्रममा बोल्दै मध्यपश्चिम खेलकुद बिकास समितीका अध्यक्ष भिम वलीले खेलकुदको संस्कार ग्रामिण क्षेत्रबाटै हुने भएकाले नेपालगञ्ज हशर देखी ७ कि।मी पश्चिम खजुरामा खेलकुदको संस्कार उदाहरर्णिय रहेको बताउदै वलीले शहर भन्दा ग्रामिण क्षेत्रमा खेलकुद प्रतियोगिता प्रति उत्साह बढदै गएको बताउनु भयो । 

राष्ट्रिय एथलेटिक्स संघका अध्यक्ष राजिब शाहले जुनियर एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता उदघाटन कार्यक्रममा स्थानिय बासिन्दाको उपस्थितीले ग्रामिण खेलकुदको बिकास सम्भब रहेको जनताको चासो र उपसिथ्तीले प्रमाणीत गरेको बताउनु भयो । देशमा हुने बिभिन्न राष्ट्रिय खेलहरु शहर केन्द्रित भएको अबस्थामा राष्ट्रिय एथलेटिक्स संघले पहिलो पटक गाँउमा गर्ने निर्णय गरेको बताउनु भयो ।

गाँउमा गर्नुको उदेश्य भनेको धेरै जसो खेलाडीहरु गाँउबाट नै उत्पादन हुने भैरहेको बेलामा गाँउमा कतिवटा राष्ट्रिय खेलहरु गाँउमा भए भन्ने प्रश्न पनि सरोकारवालाहरुलाई गम्भीर पश्न रहेको बताउदै जुनियर राष्ट्रिय एथलेटिक्स संघले खेलहरुलाई गाँउ केन्द्रित गर्ने योजना बमोजिम जुनियर राष्ट्रिय एथलेटिक्स बांकेको खजुरामा आयोजना गरिएको बताउनु भयो ।

त्यसैगरी खजुरा गाँउपालीका का आध्यक्ष किस्मत कुमार कक्षपतीले आठौँ राष्ट्रिय खेलकुद बाँकेमा आयोजना हुन गैरहेको अवस्थामा भौतिक पुर्बाधारलाई टेवा पुग्ने हिसाबले दोस्रो जुनियर एथलेटिक्स आफ्नो गाँउपालीकामा गरिएको बताउनु भयो । 
कार्यक्रममा बाँके क्षेत्र नंं २ ख का प्रदेश सभा सदस्य सुरेन्द्र हमाल,खजुरा गाँउपालीका का जनप्रतिनिधिहरु लगाएत बिद्यार्थी, राजनैतिक दल र अग्रज बुद्धिजिबीहरुको उपस्थिती रहेको थियो ।