हाम्रो संरचना सोमवार, असार ९, २०७६ 404 Views

१४ पुस नेपालगञ्ज /नेपालगञ्ज उद्योग बाणिज्य संघको स्थापनाको ५० औं वर्षको अवसर पार्दै आगामी माघ ११ गतेदेखि २२ गतेसम्म ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना हुने भएको छ । 

नेपालगञ्ज उद्योग बाणिज्य संघले देश संघीय संरचनामा गएपछि  आगामी माघ १२ देखि २२ सम्म प्रादेशिक स्तरिय महोत्सव आयोजना गर्न लागेको छ ।
कृषि, जडिबुटी, पर्यटन, सूचना प्र्रविधि, उद्योग र व्यापारको प्रवद्र्धन र रोजगारीलाई लक्षित गरी महोत्सव आयोजना गरी नेपालगञ्ज शहररलाई औद्योगिक शहरका रुपमा स्थापित गराउने लक्ष्य रहने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य जानकारी दिनुभएको छ ।

नेपालगञ्जको कारकांदोमा रहेको सडक डिभिजन परिसरमा बहुउदेश्यि सभागृह तथा प्रर्दशनी स्थल निर्माणका लागि संघले यसअघि पनि महोत्सव आयोजना गर्दै आएको थियो ।