नेपालगञ्जमा १९ बर्षिय युवती बलात्कृत घटनामा होटेल सिगनेटका मालीक दिपेन्द्र अग्रवाल रअरोपीसंग प्रहरीको बयान जारी (आफडेट २)

१८ पसु नेपालगञ्ज/ नेपालगञ्जको मुख्य बजार क्षेत्र सुर्खेतरोड स्थित जय बागेश्वरी स्कुल नजिक रहेको होटल सिगनेट कृणाका मालीक दिपेन्द्र अग्रवाललाई नियन्त्रणमा लिएर आवश्यक सोधपुक्ष सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायब उपरीक्षक राजेन्द्र अर्यालका अनुसार गत आइतबार राती दिपेन्द्र अग्रवालले सञ्चालन गरेको होटल सिगनेट कृणामा बर्दिया बांसगढीकी १९ बर्षिय एक युवती बलात्कृत भएको घटना तथा होटललाई यौन अखडा बनाएको बिषयमा आवश्यक थप सोधपुक्षको लागी सोमबार नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।

आइतबार राती नै पिडित केटीले नै जिल्ला प्रहरी कार्यालय बांकेमा फोन गरी आफुलाई उद्धार गर्न आग्रह गरेपछी सुर्खेत घर भएका निरज गुरुग र मनोज भारतीलाई २ जना केही सहित लिएको होटलमा कार्यरत स्रोतले जनाएको छ ।

हाम्रोसंरचना डककम लाई प्राप्त जानकारी अनुसार होटलबाट पक्राउ परेका ब्यक्ती मनोजले आफु सिता एयरको नेपालगञ्ज स्थित म्यानेजर रहेको प्रहरीलाई गलत बयान दिएका छन । मनोज गिरी भारती सिता एयर मासिक करीब १ करोड भाडामा लिएर सञ्चालन गर्ने ब्यक्ती रहेको सिता एयरसंग कर्मचारी नरहेको बताएको छ । सिता एयरको नेपालगञ्ज सथत म्यानेजर उपेन्द्र नारायण रहेको स्रोतले बताएको छ ।

बलात्कृत घटनामा पक्राउ परेका निरक गुरुग र मनोज भारतीले सिता एयरको म्यानेजर रहेको र एयरलाइन्सको कर्मचारी भएकोले बस्ने गरेको गलत बयान दिएको बताइएको छ ।
घटना विवरण अनुसार सुर्खेत घर भएका मनोज भारती सिता एयर भाडामा लियर सञ्चालन गदै आएकोमा आइतबार साथीलाई केटी मिलाईदिने भन्दै सुर्खेतबाट साथी निरज गुरुगलाई बोलाएका थिए ।

निरज र मनोज भेट भएपछी मनोजले प्रेमको नाटक गरेर पहिल्य देखी चाहेको बेला भेट गर्दै आएकी बर्दिया बासगढीकी १९ बर्षिय केटीलाई पहिल्य जस्तै होटलमा आउन र होटेलमा आउदा एक जना साथीलाई लिएर आउन आग्रह गरेका थिए ।
ती युवतीले अफनो प्रेमीकाले पहिल्य झै बोलाउने गरेकोमा होटेलमा बस्न आग्रह गरेपछी बसेको र पछी कुरा गदै जादा दुबै अलग–अलग रुममा बस्न सहमती बमोजिम बसेका थिए ।

प्रेमी मनोजको अगालोमा सुतेकी ती युवती राती प्रेमीको ठाउंमा प्रेमीको साथी निरक आएर चलाउन थालेपछी उनी ब्यूतीयको र बिरोध गर्दा उल्टै कुटपिटको घटना निरजले सुरु गरेको बयानको क्रममा पिडीतको बयान उद्यृत गदै स्रोतले जानकारी दिएको छ ।

युवतीलाई कुटपिट गरेर जबरजस्ती यौन शोषण गर्न थालेपछी युवती बाथरुममा जाने न्यू पारी जिल्ला प्रहरी कार्यालय बांकेको हटलाईन १०० मा फोन गरी आफुलाई बचाउन आग्रह गरकी थिइन । प्रहरीले घटना थाह पाएको केही छनमै पुगेर घटनाका आरोपीहरुलाई रंगेहात पक्राउ गरी आवश्यक थप अनुसन्धान सहित कार्बाही प्रक्रिया अगाढी बढाएको प्रहरीले जनाएको छ । तर होटल सञ्चलकले चाहि होटलका ३ वटा कोठा बुक गरेको  जनाएको छ ।

प्रहरीले पक्राउ परेपछी अनुसन्धानको क्रममा होटेलका बिभिन्न कर्मचारीहरुले मनोज भारती र उहांका साथीहरु फरक फरक केटी ल्याएर आउने गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ । त्यसै गरी स्रोतले केटी बलात्कृत घटना भएको उक्त होटल सिगनेट कृष्णामा धेरै जसो भारतीय नागरिक केटी खोज्दै आउने गरेको र अन्य केही होटेलमा पनी यस्तो कार्य हुने गरेको बताएको छ ।

उक्त घटनाका सम्वन्धमा होटल सञ्चालक दिपेन्द्र अग्रवालले हाम्रोसंचरना डट कमको टेलीफोन सम्पर्कमा होटेलमा सहमतीमा आउने जोडीहरुको बिषयमा आफुलाई थाह नभएको र छुटयाउन पनि नसकिने बताउनु भएको छ । केही दिन अघिमात्र केही बिदेशी संस्थामा कार्यरत ब्यक्तीले पनि त्यस्तो केटी लिएर गएकोमा युवती पिडित भएको बताइएको छ ।

होटेल सञ्चालक दिपेन्द्र अग्रवालले होटेलमा केही घण्टाका लागी मात्र रुम दिन पुरै बन्द रहेको र साझ सहमतीमा आउनेहरुका बिषयमा छुटयाउन आफुहरुलाई गारो हुने बताउनु भएको छ ।

त्यसैगरी सिगनेट कृष्णा होटलको नक्सा पास नै नगरी भवन निर्माण गरेको बिषयमा अदालती प्रक्रियामा रहेको जानकारी दिनुभएको छ । नक्सानै पास नगरी भवन निर्माण गरी होटेल समेत सञ्चानल हुदा नियमक निकायका सम्वन्धीत अधिकारीहरु मिलेमतो देखिएको छ ।

केही बर्ष अघि कमला मेडिसिनको ब्यापारबाट सुर गरेको ब्यवसाय होटेलमा केही पैसा बैकले लगानी गरे पनि बिभिन्न समयसमा बिभिन्न सरकारी जनस्वास्थ्य कार्यालयमा औषधी सप्लायर्सको काम गर्दा अकुच सम्पती कमाएको स्रोतले बताएको छ ।