जाजरकोटमा फैलिएको भाइरल ज्वरोका कारण ७ बाल-बालिका र ६ जना वृद्ध-वृद्धा सहित १३ जनाको मुत्यू (अपडेट )

जाजरकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागी गाउंमा परिचालित स्यास्थ्य टोली टोली

२७ पुस, जाजरकोट/  दुई सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोका कारण थप एक जनाको मृत्यु भएको छ। बुधवार थप एक जनाको ज्यान गएपछि भाइरल ज्वरोलेर् ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। बुधबार जुनीचाँदे गाउँपालिका– ५ तिप्ककी ६५ वर्षीया कालु तिरुवाको ज्यान गएको हो।

आर्थिक अवस्था निकै नाजुक  भएपछि गोठमा बस्ने उनी न्यानो कपडा नहुँदा केही दिनदेखि चिसोले थलिएकी थिइन्। रुघाखोकी र ज्वरोको उपचार नभएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले बताउनु भएको छ ।

अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका ७ बालबालिका र  ५० वर्षमाथिका ६ जना वृद्धवृद्धारहेका छन्। जुनीचाँदेको वडा नम्वर २ मजकोटबाट शुरु भएको भाइरलको प्रकोप केही समय पछि वडा नं.१ र ३ फैलिएको थियो। अहिले कोर्ताङ–४, गर्खाकोट–५ र १० सम्म प्रकोप फैलिएको छ।

शनिवारदेखि थालिएको शिविरमा करिब १ हजार २ सय जनाको उपचार भइसकेको छ। तर अझै रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको उपचारमा संलग्न डा. पवन शाक्यले बताउनु भएको छ । ‘

कुपोषित बालबालिकाका, वृद्धवृद्धा र आर्थिक अवस्था कमजोर भएकाहरु बढी प्रभावित भएका छन्। शिविरमा उपचारको लागि आउने ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि ५ प्रतिशत कडा र सिकित्स बिरामी रहेको डा. पवन भनाइ छ।

बिरामीको संख्या बढददै गएकोले नियन्त्रण बाहिर जान थालेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामबहादुर नेपालीले बताए। बुधबारदेखि ६ टोलीले उपचार थालेको जानकारी दिए। ‘धेरै बालबालिका बिरामी भएकोले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोलाइएका एक बालरोग विशेषज्ञ डा‍. नम्रताको नेतृत्वमा एक टोली बुधवार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।’ औषधी अभाव हुन नदिन जिल्ला को सुवानाउलीमा औषधीको बफर स्टक राख्ने तयारी भएको बताउनु भएको छ । ‘

जाजरकोटको पिडा कम गर्न छिमेकी जुम्लाका स्वास्थयकर्मि खटिए

छिमेकी जिल्ला जाजरकोटमा फैलिएको भाइरल ज्वारो महामारी क्षेत्रमा जुम्लाबाट विशषज्ञ चिकित्सकको टोलीलाई पठाइएको छ । दुई साता देखी जाजरकोटको पश्चिमीबिकट जुनीचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले वाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान र मेडिकल अधिकृत सुर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेबताउनु भएको छ ।

बुधबार नै विशेषज्ञ चिकित्सकसहितको टोलि महामारी फैलिएको क्षेत्रमा गैसकेको छ । उनले भने, ‘क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आग्रहमा चिकित्सकको टोली खटाइएको हो।’

‘शिक्षण अस्पताल जुम्लाबाट महामारी क्षेत्र जाजरकोटमा दुई हप्ताका लागि भनेर टोलि पठाइएको शिक्षण अस्पतालका अस्पताल निर्देशक धर्मराज गोसार्इंले बताउनु भएको छ ।
दुई हप्ता भनेपनि प्रकोप नियन्त्रण नहुन्जेल सम्म फर्कने छैन।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेषज्ञ डाक्टरको टोली उपचारका लागि बिरामीको घरदैलोमै पुग्ने चिकित्सकहरु बताउँछन्।