७ वटै प्रदेशका सभासदहरुको भब्य समारोह बीच सभासद पदको पद तथा गोपनियताको सपथ खुवाइयो

प्रदेशका सभासदहरुको भब्य समारोह बीच सभासद पदको पद तथा गोपनियताको सपथ

७ माघ,नेपालगञ्ज/ देशका सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ । नेपालको संविधान अनुसार बनेको प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिना पछि प्रदेशप्रमुख नियुक्त गरे लगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो। आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराउनुपरेको हो। 

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा प्रदेश प्रमुख गोविन्द सुब्बाले ७३ वर्षीय ज्येष्ठ सदस्य ओम प्रकाश सरावगीलाई शपथ गराएपछी सरावगीले अरु ९३ प्रदेशसभा सदस्यलाई शपथ खुवाउनुभएको छ ।

प्रदेशका सभासदहरुको भब्य समारोह बीच सभासद पदको पद तथा गोपनियताको सपथ

प्रदेश नम्बर २

२ नम्बर प्रदेशको शपथ ग्रहणमा केही सांसदहरुले आफूले जुन भाषामा शपथ लिएको हो त्यही भाषाको शपथ पत्रमा हस्ताक्षर गरेका छन्। कतिपय सांसदहरुले नेपाली भाषाको शपथ पत्रमा हस्ताक्षर नगर्ने भनेपछि नेपाली सहित मैथिली र भोजपुरी भाषाको शपथपत्रमा हस्ताक्षर गर्न दिइएको थियो। प्रदेशसभा २ को पहिलो अधिवेशन माघ २१ गतेका लागि तय भएको छ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सुरुमा शपथ खुवाउनु भएको थियो । पौडेलले १ सय ९ जनालाई शपथ खुवाृनु भयो।

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई आइतबार बिहान शपथ खुवाएपछी ६७ वर्षीय श्रेष्ठले ५८ जना प्रदेशसभा सदस्यलाई शपथ खुवाउनु भएको छ ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार नै पदबहाली गर्दै जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाएपछी पोखरेलले अन्य ८६ जना प्रदेश सभासदलाई लाई शपथ खुवाउनु भएको छ।

बुटवलको बसपार्क पछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको हलमा शपथ ग्रहण समारोह भएको हो। प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेश सभा सदस्य छन्।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ का सभासदहरुले दिउँसो शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई शपथ खुवाएपछि उनले प्रत्यक्ष र समानुपातिक ३९ सभासदलाई सपथ खुवाउनु भएको थियो। 

प्रदेश नम्बर ७

७ नम्बर प्रदेश प्रमुख मोहनराज मल्लले पदबहाली गरेर ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउनु भएको थियो। मल्लले ५२ जना प्रदेशसभा सदस्यहरुलाई पद तदा गोपनियताको सपथ खुवाउनु भएको हो । ७ नम्बर प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य छन्।