चन्द्रग्रहण ! १ सय ५२ बर्ष पछिको दुर्लभ खगोलीय घटना: के गर्न हुन्छ ! के गर्न हुदैन ! बैज्ञानिक र धर्मशास्त्रीय आ-आफनो मान्यता

 

१७ माघ, नेपालगञ्ज/  १५२ बर्ष पछी आज बुधबार सांझ चन्द्रग्रहण लाग्ने खगोल शास्त्रीहरुले बताएका छन । यस अघि सन १८६६ मार्च ३१ अर्थात बिक्रम सम्वत १९२२ चैत्र २० गते चन्द्रग्रहण लागेको थियो ।

खण्डग्रास र खग्रास २ किसिमको ग्रहण लाग्ने गरेकोमा आज लाग्ने चन्द्र ग्रहण खग्रास अर्थात पूर्णरुपमा लाग्ने भएकाले यसलाई खग्रास चन्द्रगहण भनिएको हो । यो खग्रास चन्द्र ग्रहण आज बुधबार बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा ग्रहणले छुनेछ ।

ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।
धर्मशास्त्रीय मान्यता अनुसार बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेट देखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हाँस्य विनोद, मैथुन लगायत काम गर्नुहुँदैन, ।

Photo : FIle

बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

त्यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको छ ।

बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्ने र त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिने छ । चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ ।

आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको बिचार छ ।

माघ पूर्णिमाको दिन गरिएको दान सर्वोत्म मानिने गरेको छ । चन्द्र ग्रहणको समयमा दिने दान सर्वोत्म हुने पनि भारतिय भारतमा भने यो ५ बजेर १८मिनेट २७ सेकंडमा देखिने छ ।