पप्पुले निर्माण गरेको बर्दियाको जब्दीघाट भत्केको पुलमा सवारी आवागमनमा प्रतिबन्ध, भ्रष्टाचारको बिषयमा छानबीनमा ढिलासुस्ती


१३ फागुन,नेपालगञ्ज/ बर्दियाको गुलरिया कर्तनिया सडक सण्डको बबई नदीमा पर्ने जब्दीघाट स्थित पुल भासिएको लामो समय पछी सडक डिभिजन कार्यालय नेपालगञ्जले सो पुलमा सवारी सञ्चालन प्रतिबन्ध लगाइएको छ । यस अघि भाँसिएको पुलमा सर्वसाधारण र सवारी साधनहरु जोखिम मोल्दै आवागमन गर्दे आइरहेका थिए ।

पुलको छत पूर्ण रूपमा ढलिसकेको र कुनै पनि समयमा ठूलो दुर्घटना हुने सम्भावना भएकाले चारपांग्रे साधन साधन आउजाउ गर्न प्रतिबन्ध लगाएको डिभिजन प्रमुख अर्जुन बमले बताउनु भएको छ ।  पप्पु कन्ट्रक्सनले निर्माण सम्पन्न गरेको गुलरिया–कर्तनिया जोड्ने बबई नदीको जब्दीघाटमा निर्मित पुल हस्तान्तरण नहुँदै गत श्रावण २८ गते भासिएको थियो ।

बर्दिया जिल्लाको उत्तर–दक्षिण जोड्ने उक्त पुल भासिएको ५ महिना बितिसक्दा पनि छानबिनमा ढिलाइ गरिएको छ । सरकाले उक्त पुल निर्माणाधिन अवस्थामै भासिएकोले उक्त पुलको गुणस्तर तथा प्रबृधि लगायतका बिषयमा भए गरेका कमजोरी पथ्त्तता ल्गाउन ५ सदस्यीय छानवन टोली गठन गरेको थिये ।
हाल पिल्लर मुनिबाट बग्ने पानी अन्य ठाउँबाट बगाउन डाइभर्सन गर्न ठेकेदार कम्पनीले समेत काममा ढिलासुस्ती गर्दा छानबिन प्रभावित भएको छ । उक्त घटनामा भ्रयटाचार भएको भन्न्े बिषयमा अख्तियार टोली पुगेर छावीन बिना नै फर्किसकेको छ ।

छानबिनका लागि पटक९पटकसरकारी छानवीन टोली आए पनि ठेकेदारले पिलर नखन्दा कारबाही प्रक्रिया अघि बढाउन नसकिएको डिभिजन प्रमुखले बताउनु भएको छ । ।

पुल भासिएको सम्बन्धमा महाशाखाले ३ साता अघि ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थानका कन्सल्टेन्सी प्रमुख नारायण गौतम सहित ४ सदस्यीय टोलीलाई छानबिन गर्न पठाएको थियो । टोलीले प्रतिवेदन तयार गरी काठमाडौं फर्केको थियो । पुल भासिएको २ महिनापछि अख्तियारले छानबिन सुरु गरेको थियो ।

यसअघि सडक डिभिजन कार्यालय, मध्यपश्चिमाञ्चल सुर्खेतका क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समितिले सडक विभागमा प्रतिवेदन बुझाएपछि अख्तियारले पनि छानबिन प्रक्रिया अघि सारेको थियो ।

करिब ६ वर्षअघि निर्माण सुरु गरेको उक्त पुल १६ करोड ६८ लाख लागतमा निर्माण भएको हो । पटक पटक छानबिन टोली आए पनि ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन र सडक कार्यालयको बेवास्ताले ढिलाइ भएको स्थानीयले बताएका छन  । पुल दुई वर्षअघि हस्तान्तरण नहुँदै भासिएको थियो ।