भारतीय सहयोगमा नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण सुरु

२३ फागुन, नेपालगञ्ज/ नेपाल र भारत बीच ब्यापार तथा पारबहन सम्भौतामा उल्लेख भई सम्झौता भएको लामो समय पछी नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण कार्य सुरु भएको छ ।

पश्चिम नेपालको भारत संग जोडिएको प्रमुख भन्सार नाका रहेको नेपालगञ्जमा रेल तथा सडकसंग जोडिएको सुख्खा बन्दरगाहक निर्माणको लागी नेपाल र भारत बीच सम्झौता भइ सन २००४ देखी नै सुख्खा बन्दरगाह निर्माणको थालनी गरिएको थियो ।

बन्दगाह निर्माणका लागी प्राबिधिक नाप नक्सा समेत भई जग्गा अधिग्रहणको क्रममा केही विवाद उत्पन्न भएपछी भारतीय पक्षबाट उक्त निर्माण कार्यलाई स्थगित गरेकोमा हाल जग्गा अधिग्रहण स्थानिय जग्गा धनीहरुसंग सम्झौता भएपछी पुन निर्माण कार्य अगाढी बढाउ नेपालगञ्जका उद्योगी ब्यापारीबाट सरोकारवाला पक्षहरुसंग आग्रह गरेपछी निर्माण कार्य सुरु हुन थालेको हो ।

नेपालमा तेस्रो मुलुक तथा भारतको बिभिन्न ठाउंबाट सामान आयत तथा निर्यात, बस्तुको गुणस्तर परिक्षण, मुल्य निर्धारण तथा गोदामका लागी सुख्खा बन्दरगाह नहुदा ब्यापारीहरुलाई समस्या पर्ने गरेको थियो ।

भारतले नेपालका मुख्य भन्सार नाकाहरुमा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्झौता बमोजिम बिरगञ्ज भन्सार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गरिसकेको छ भने नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणका लागी भारतले भारतीय ठेकेदार कम्पनीलाई सम्झौता गरि ठेकेदार कम्पनीले निर्माण कार्य सुरु गर्न जग्गा तारबार गरिरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आर्चायले बताउनु भएको छ ।

नेपालगञ्जको भारत सिमावर्ती क्षेत्र जैसपुर र साईगाउं क्षेत्रमा सडक तथा रेल मार्ग सञ्जाल सुबिधा सहितको सुख्खा बन्दरगाह निर्माणका लागी करीब १ सय ८० बिघा जग्गा क्षेत्रफलमा उक्त योजना रहेकोमा हाल हाल ६३ बिघा जग्गा घेराबन्दी गरि काम सुरु गरिएको छ ।

सुख्खा बन्दरगाह प्रबेश मार्ग ६० मिटरको चौडाई सहित करीब २७ बिगाह बाटो र ९ सय मिटर लम्बाई र ५ सय मिटर चौडाई रहेको सुख्खा बन्दरगाह निर्माण गर्न लागेको भारतीय पक्षले नेपाल अधिकारीहरुलाई जानकारी गराएको नेपालगञ्ज भन्सारका प्रमुख आर्चायले बताउनु भयो ।

भारतको आर्थिक तथा प्राबिधिक सहयोगमा भारतीय ठेकेदारले नै सुख्खा बन्दरगाह निर्माण गर्ने सम्झौता गरी कामको सुरुवात गरि भारतको सिमाना रुपैडिहा क्षेत्रबाट कामको थालनी गरिसकेको, दुई बर्षको अवधिमा निर्माण काम सम्पन्न हुने गरि ठेकेदारलाई ठेक्का दिइएको भारतीय पक्षले जानकारी दिएको छ ।

नेपालगञ्जमा सुख्खा बन्दरगाह संचालनमा भएमा सामान आयात–निर्यात गर्न व्यापारीलाई सहज हुनुका साथै कर्मचारीलाई पनि काम गर्न सजिलो हुने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख आचार्यले बताउनु भएको छ । । सुख्खा बन्दरगाह निर्माणको क्रममा ६ लेनको रेलमार्ग बन्ने सम्झौतामा उल्लेख गरिएको थियो ।