आजबाट बुटवलमा “तिलोत्तमा गोल्डकप” फुटबल प्रतियोगिता शुरु: बिजेतालाई रु. ७७७७७७.00 उपबिजेतालाई रु. ४४४४४४.00

२४ फागुन,बुटवल/ आज बिहिबार देखी नेपालको भुमध्य क्षेत्रमा रहेको ५ नम्बर प्रदेशको प्रमुख शहर बुटवलमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुने भएको छ।

प्रतियोगिताको पहिलो उदघाटन खेलमा आज दिउँसो ३ बजे रुपन्देहीको बुटवलस्थित एन्फा एकेडेमीको मैदानमा हुनेछ ।
आज हुने खेलमा आयोजक रुपन्देही–११ र सुदूरपश्चिम–११ बीच हुनेछ। प्रतियोगितामा नेपालका शीर्ष १० टोलीको सहभागिता रहने छन।

उक्त प्रतियोगितामा सहभागी टिममा आयोजक रुपन्देही–११, सुदूरपश्चिम–११, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, फ्रेण्डस क्लब, कास्की–११, मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लब रहेका छन्।

प्रतियोगिताको प्रथम विजेताले ७ लाख ७७ हजार ७७७ र उपविजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल प्राप्त गर्ने समेत आयोजकले जनाएको छ।