न्याय परिषद सचिवालय द्धारा प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

३० फाल्गुन,काठमाण्डौं/ प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । न्याय परिषद्ले पराजुलीलाई पदमा नरेहेको पत्र थमाएको हो ।
परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।

पत्रमा भनिएको छ, सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु। सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराईएको छ ।

परिषद्को आजैको सचिव स्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ । पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’