न्यायपालीकाको गरिमा र प्रधान न्यायधिशको असहज बहिर्गमन

‘पदमुक्त’ को पत्र प्राप्त भएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार राष्ट्रपती समक्ष पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपतीले पराजुलीको राजीनामा स्वीकृत पनि गरिसक्नु भएको छ। पराजुलीको राजीनामा स्वागत योग्य भएपनी समय घर्किसकेपछीको राजीनामाले पराजुलीको बहिर्गमन स्वभाबिक मान्न सक्ने अवस्था रहेन र  पराजुलीको बहिर्गमन असहज रुपमा भएको छ ।

उमेर हदका कारण न्याय परिषदका सचिव द्वारा पदमुक्त गरिएको जानकारी पत्रसगै पराजुली थप बिवादमा आउनु भएको थियो । नेपालकको न्यायिक इतिहासमा प्रधानन्यायाधीश बहिर्गमनको पहिलो नजिर बन्न पुगेको छ ।

न्याय परिषद्ले उमेर हदका  कारण प्रधानन्यायाधीश परिवर्तन भएको घटनालाई आश्चर्य र असहज रूपमा लिन जरुरी छैन। किन भने प्रधान न्यायधिश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सम्बन्धी लामो समय देखी विवादमा मुछिएका र उमेर हद नाघी सकेका कारण प्रधानन्यायधीश गोपाल पराजुलीलाई न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बुधबार पदावधि सकिएको जानकारी गराउदै समय सिमा कारण पदमुक्त भएको पत्र मार्फत जानकारी गराउनु स्वभाबिक रुपमा लिनु पर्दछ।

कसैले पनि संविधान मान्दीन भन्न पाउदैन र संबिधानको भाग ११ को धारा १३१ को (ख) मा ६५ बर्ष उमेर ब्यक्ती प्रधान न्यायधिशमा बस्न नसक्ने उल्लेख गरेको छ ।यो सबै परिघटना पराजुलीको हट का कारण भएको देखिन्छ । पराजुलीको जन्ममितिका सम्बन्धमा विवाद हुँदै आएकोले ठूलो पदमा बस्नेले आफ्नो मर्यादाको ख्याल गर्नुपर्छ अरुको सुझाव सुनी हठ त्याग्नुपथ्यो ।

प्रधान न्यायाधीश पराजुलीको पदावधि कायम रहेको बलीयो प्रमाण आफुसंग भएको भए इजलास नै खडा गरेर सत्य तथ्य बाहिर ल्याउन सक्नु हुन्थ्यो त्यो पनि हुन सकेन । न्याय परिषदको सचिवले उपलब्ध कागजी रुपमा उमेर हदका आधारमा हटाउन जानकारी गराउनु स्वभाबिकरुपमा लिनुपथ्यो

डाक्टर गोविन्द केसी र कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दामा पराजुलीले आफैं पेसी तोकी आफ्नै इजलासमा पारेर आदेश दिनु । प्रधानन्यायाधीश पराजुलीले न्याय परिषद्को अवकाश पाएको पत्र सार्वजनिक भएपछि पदमा फर्कन अनेक प्रयास गर्नु यी सबै कानुन भन्दा ब्यक्ती ठुलो बन्ने र बनाउने प्रयास गरेको देखिन्छ ।

संघिय लोकतान्त्रीक गणतन्त्रमा नेपालको संबिधान अनुसार कुनै पनि ब्यक्ती  कानुन भन्दा माथी रहेको छैन । प्रधान न्यायधिश पराजुलीको ब्यक्तीगत हठका कारण बहिर्गमन पनि स्वभाबिक बन्न सकेन ।  बहिर्गमन बिधि र प्रक्रिया सम्मत हुने कुरै भएन यो बिधि र कानुन नमान्नेका लागी बहिर्गमन शब्दको प्रयोग हुने हो । त्यसैले यो बहिर्गमनको बाटो कसैले पनि अगाल्ने प्रयास नगरौं ।
यस तर्फ सम्वन्धी निकायहरुले ख्याल गरेर कानुनको परिपालना गर्ने र गराउने ब्यक्तीहरु थप जिम्मेवार भएर सर्तक र सजग रही स्वच्छ न्यायकी सेवा दिएर न्यायपालीकाको गरिमा बढाउन सबै जिम्मेवार भएर लाग्न जरुरी छ ।

सम्बन्धित शीर्षक